बढ्दैछ मानव तस्करी


प्रकाशित मिति :2017-07-10 15:00:26

–सन्दिप विक–

अन्य मुलुकमा लैजान भारतको नयाँ दिल्लीमा राखिएका महिला

काठमाडौं । रोल्पा जंकोट १ की रचना बुढा (नाम परिवर्तन) ले गत बैशाखमा आफन्तलाई फोन गरेर भनिन्—‘खान केही दिएको छैन्, हामी त भोकभोकै मर्नै लाग्यौ ।’ बुढालाई रोजगारीका लागि इराक पठाइदिने भन्दै दलालीले २०७४ बैशाखमा करिब २ हप्ता भारतको नयाँ दिल्लीमा राख्यो ।

दिल्लीमा अन्य युवतीहरु समेत रहेको उनले फोन मार्फत आफन्तलाई बताएकी थिइन् । उनलाई अनेकौं प्रलोभन देखाएर दलालीले काठमाडौंको स्वाम्भुबाट बस चढाएर नयाँ दिल्ली पुर्याएको थियो ।

इराक जाने उदेश्यले नयाँ दिल्ली पुर्याएकी बुढालाई दलालीले करिब २ हप्ता नयाँ दिल्लाको होटेलमा राखेको थियो । त्यसपछि कतार हुदै इराक पुर्याएको थियो । उनले फोन मार्फत आफन्तलाई भनेकी थिईन् —‘यहाँ हामी जस्तै धेरै महिला, पुरुषहरु छौँ । केही दुवई हुँदै कोही कतार हुँदै लैजादैँछ । एक महिना अघि इराक पुगेका उनी अहिले अवैधानिक रुपमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी छन् ।

बुढा जस्तै नेपाली महिलाहरुलाई दलालीले इराक, कुवेत, ओमन लगायत मुलकमा धेरै आम्दानी हुने काममा लगाइदिन्छु भन्दै अबैधानिक रुपमा दिल्ली हुँदै लैजाने क्रम बढ्दो छ । यसबाट महिलाहरु आर्थिक र मानसिक दुवै रुपमा पिडित बनेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अनुसार महिला तथा बालिकालाई सुरक्षा गार्डका लागि, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, जबर्जस्ती यौन कार्यका लागि चीन लगायतका देशमा तस्करी हुने गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७२-७३ मा मात्र ६ हजार एक सय महिला तथा बालिका बेचबिखनमा परेका छन् । १३ हजार ६ सय जना बेचविखन तथा ओसारपसारको जोखिममा परेको प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत यशोधा बन्जारेले महिलाहरु अबैधानिक रुपमा विदेश पठाइदिन्छु भन्दै बेचिने क्रम बढेको बताइन् । भौतिकवादी संस्कृति र प्रलोभनका कारण महिलाहरु बेचिने गरेको उनको भनाई छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२-७३ मा २ सय १२ वटा मानव बेचविखनको मुद्धा दर्ता भएका थिए । जस्मा ३ सय ५२ जना पिडित भएका रहेका छन् । पिडितमा ९५ प्रतिशत भन्दा बढि महिला रहेका छन् । जसमध्ये ४८ प्रतिशत जनजाती, २९ प्रतिशत ब्राम्हण क्षेत्री, १५ प्रतिशत दलित र ८ प्रतिशत मधेशी समुदायका रहेका छन् ।

आर्थिक वर्ष २०७०-७१ र ७१-७२ को दुई वर्षको अवधिमा ८ हजारदेखि ८ हजार ५ सय जना बेचबिखनमा परेको आयोगले जनाएको छ । सो अवधिमा प्रतिवर्ष ९ हजारदेखि ९ हजार ५ सय जनालाई बेचविखन गर्ने प्रयास गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: