भारतीय अभियन्ताहरु स्यानेटरी प्याड करको विरुद्धमा


प्रकाशित मिति :2017-07-10 17:45:27

भारतका अभियन्ताहरु महिनावारी हुँदा प्रयोग गरिने सरसफाईका वस्तुमा लाग्ने करको विरुद्धमा अदालत जाँदैछन् ।

स्यानेटरी प्याड मा हाल १२ प्रतिशत कर लाग्छ, जबकि धेरै महिलाका सौन्दर्य सामग्रीमा कर लाग्दैन ।

भारतमा थोरै महिलाले मात्र स्यानेटरी प्याड प्रयोग गर्छन् । त्यसैले अभियन्ताहरु भन्छन् सरकारले यसको प्रयोग बढाउन मद्दत गर्नुपर्छ । कर लगाएर झन् महंगो बनाउने होइन ।
के यो आवश्यक वस्तु होइन? के यस्तो वस्तुमा कर लगाउनुपर्छ ? संसारभर यो विषयमा बहस चलिरहेको छ ।

अब यस्तो खालको करको विरोध भारतमा पनि हुन थालुको छ । अभियन्ताहरुले यसलाई ‘रगतमा लगाइने करको’ संज्ञा दिएका छन् । उनीहरु भन्छन् ‘नयाँ आवश्यक वस्तुमा कर मिनाह गरिनुपर्छ, जसले गर्दा यो सुपथ मूल्यमा उपलब्ध हुन सक्छ र महिलाको पहुँच उक्त वस्तुमा बढ्न सक्छ ।’

प्रत्येक वर्ष भारतमा लाखौं बालिका महिनावारी हुन थालेपछि विद्यालय जान छाड्छन् । कारण स्यानेट्री प्याडमा पहुँच नहुनु हो । मूल्य पनि अर्को समस्या हो ।

कर परिषद्का सदस्य सुधीर मुन्गन्तीवर भन्छन्, “हामीले स्यानेट्री प्याडमा कर घटायौं भने यो वस्तु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीहरुले ग्राहकको खर्च बढाएर आफ्नो नाफा कमाउनेतिर लाग्नु भएन । ठूला कम्पनीहरु धेरै नाफाका दायराभित्र छन् । त्यसैले सुपथ मूल्यमा उपलब्ध गराउन उनीहरुले पनि कदम बढाउनुपर्छ।” साना उद्यमीले बनाएको स्यानेट्री प्याडमा भने कर नलाग्ने उनले बताए ।

साभारः–बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: