बच्चा जन्माउने निर्णयको अधिकार महिलालाई दिनुपर्छःसभामुख घर्ती


प्रकाशित मिति :2017-07-11 17:46:59

महिला खबर
काठमाडौं । सभामुख ओनसरी घर्तीले बच्चा जन्माउने निर्णयको अधिकार महिलालाई दिनुपर्ने बताउनुभएको छ ।
विश्व जनसंख्या दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले शिशु कति जन्माउने, जन्मान्तरको फरक कति राख्ने भन्ने अधिकार महिलामा हुनुपर्ने बताउनुभयो ।

उहाँले ग्रामिण क्षेत्रका महिलाले छोरा नपाएकै कारण पतिको दवावका कारण धेरै छोरी जन्माउनुपर्ने अवस्था रहेको बताउनुभयो । बच्चा जन्माउने अधिकार महिलालाई दिएमा उनीहरुलाई उत्पादनशील कार्यमा लाग्न अनुकूल वातावरण बन्ने उहाँको भनाई छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्रमुख डा. रामशरण पाठकले छोरा पाउँदा खुशी हुने र छोरी पाउँदा दुःखी हुने नेपाली समाजमा सकारात्मक सन्देशको भावना फैलाउनुपर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: