सुरक्षित छैनन् दलित महिला


दलित महिला माथिको हिंसा कहिले होला अन्त्य

प्रकाशित मिति :2017-07-12 10:35:24

–सन्दिप विक–

काठमाडौं । गत मंसिर २० गते काभ्रेको सानो बाङ्थलीकी वर्ष ३२ की दलित महिला लक्ष्मी परियारले बोक्सिको आरोपमा कुटपिटबाट ज्यान गुमाउने पर्यो ।  उनलाई स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षक हरि लामा, उनका आमा काँइलीमाया लामा लगायतको टोलीले स्कूलको खेल मैदानमै नाम्लाले बाँधेर मलमूत्र खुवाएर कुटपिट गरी हत्या गरका थिए ।

लक्ष्मीको मंसिर २४ गते मृत्यु भयो । लक्ष्मीको शवलाई झण्डै सात महिनापछि यही असारमा दाहसंस्कार गरियो ।  लक्ष्मीको परिवारले  क्षतीपूर्तीको नाममा  राज्यबाट रु‍ दश लाख त पाए तर लक्ष्मीले भने अल्पायुमै ज्यान गुमाउनुर्यो ।

गत आइतबार रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडा ७ काे वडा सदस्यमा निर्वाचित बयानसरी कामीको आफ्नै श्रीमानबाट हत्या  भयो । हत्याको आरोपमा उनका श्रीमान तेजबहादुरलाई पक्राउ गरिएको छ । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै दुबैबीच झगडा हुँदै आएको र मदिरा खाएर उनका श्रीमानले हत्या गरेको प्रहरीले जनाएका छन् । तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकारी सकेका छन् ।

यस्तै सुर्खेतको लेकवेसी नगरपालिकाको साटाखानीकी २७ वर्षीय टीकाकुमारी मिजारमाथि दलित भएकै कारण पानी छोएको निहुँमा निर्घात कुटपिट भयो । सार्वजनिक धारामा पानी भर्न जाँदा छोएको भन्दै उनलाई स्थानीय मनकुमारी राई र उनका छोरा मनबहादुरले कुटपिट गरेका हुन् । मिजारको अहिले वीरेन्द्रनगर स्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनलाई बेहोस अवस्थामै आफन्तले अस्पताल पुर्याएका थिए ।

यि त प्रतिनिधि घटना मात्रै हुन् । समाजमा दलित भएका कारण धेरै महिलाले ज्यान गमाइसकेका छन् भने घरपरिवारबाट समेत हिंसाको सिकार बन्नुपरेको छ ।
दलित महिलाहरु समाजमा पानी छोएको निहुँमा होस् वा बोक्सिको आरोपमा मृत्युको मुखमा  पुग्नुपरेको अवस्था छ । घरपरिवारमा समेत उनीहरु दाईजो, अथवा छोरा नपाएको निहुँमा हिंसामा परेका छन् ।  पुरुषको तुलनामा महिलाहरु पानी पधेँरो, मठ मन्दिर लगायतका स्थानमा गैर दलितहरुबाट हेपिनु परेको छ ।

राष्ट्रिय दलित आयोगको तथ्याङ्कले आ.व २०७२-७३ मा ४४ निवेदन परेकोमा २१ वटा घटनामा दलित महिला पिडित भएको देखाउँछ । २०६९-७० मा ३२ निवेदन मध्ये १६ वटा पिडित महिला रहेको आयोगका सूचना अधिकृत रामबहादुर विश्वकर्माले बताउनुभयो ।

नेपालको संविधान २०७२ को धारा २४ को उपधारा १ ले कुनै पनि व्यक्तिलाई निजको उत्पति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनेको छ ।

यसै धाराको उपधारा ५ मा यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रुपमा कानून बमोजिक दण्डनीय हुनेछ । त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनिएको छ । तर छुवाछुतका नाममा यस्ता घटनाहरु भैरहेका छन् ।

वि.स २०२० सालको मुलुकी ऐनले नै कानुनी रुपमा छुवाुछत र जातीय विभेदको अन्त्य गरेको छ । तर कार्यान्वयन नहुँदा दलित माथिको विभेद बढेको बताउनुहुन्छ राष्ट्रिय दलित आयोगका कार्यवाहक अध्यक्ष गोविन्द सुनार । यसका लागि मानसिकतामै परिवर्तनको खाँचो रहेको उहाँले बताउनुभयो ।

जातिय भेदभाव तथा छुवाछुत कुसर र सजाय ऐन २०६८ जारी भएको झण्डै ६ वर्षपछि ऐन कार्यान्वयन गर्ने नियमावली समेत जारी भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: