सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्धा बढी


प्रकाशित मिति :2017-07-13 12:45:37

सर्मिला बुढाथोकी

दोलखा । आर्थिक वर्ष ०७३/०७४ मा जिल्ला अदालत दोलखामा सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्धा तुलनात्मक रूपमा बढी देखिएको जिल्ला न्यायधिश राजेन्द्र नेपालले बताउनुभयो ।

२०७३ साउन १ गतेदेखि ०७४ असार २५ गतेसम्मका मुद्धाहरुलाई हेर्दा सम्बन्ध विच्छेदका मुद्धा ६९ वटा दर्ता भएकामा ५३ वटा मुद्धा फस्र्यौट भएको र १६ वटा फस्र्यौट हुन बाँकी रहेको पत्रकार सम्मेलनमा जिल्ला न्यायधिश नेपालले बताउनुभयो । मुद्धाका प्रकृतिलाई हेर्दा घरेलु हिंसा, बहु विवाह, महिला वा पुरुष वैदेशिक रोजगारीमा गएको जस्ता कारणले सम्बन्ध विच्छेद बढी हुने गरेको न्यायधिश नेपालले बताउनु भयो ।

६९ वटा सम्बन्ध विच्छेदका मुद्धामा श्रीमानको तर्फबाट दर्ता भएको मुद्धा भने एउटा मात्र रहेको जिल्ला अदालत दोलखाले जनाएको छ । श्रीमतीले सम्बन्ध विच्छेद गर्न चाहदा सिधै अदालत आउन सक्ने तर श्रीमानले सम्बन्ध विच्छेद गर्न चाहदा पहिले स्थानीय निकायमा उजुरी दर्ता गरेर मात्र आउनु पर्ने भएकोले श्रीमानको तर्फबाट सम्बन्ध विच्छेदको मुद्धा कम पर्ने गरेको न्यायधिश नेपालको भनाई छ ।

त्यसै गरी आर्थिक वर्ष ०७३/०७४ मा जर्वजस्ति करणीका २० वटा मुद्धा दर्ता भएकामा ८ वटा फस्र्यौट भएको र १२ वटा फस्र्यौट हुन बाँकी रहेको, अंश मुद्धा ८३ वटा दर्ता भएकामा ३५ वटा फस्र्यौट भएको र ४८ वटा फस्यौट हुन बाँकी रहेको जनाएको छ ।

अघिल्लो वर्षतिरको १ सय ९६ वटा र नयाँ मुद्धा २ सय ९८ गरी ४ सय ९४ वटा मुद्धा रहेकोमा २ सय ३३ वटा मुद्धा फस्र्यौट भएको र २ सय ६१ वटा फस्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत दोलखाले जनाएको छ । यो वर्ष फस्र्यौट प्रतिशत ७० पु¥याउने लक्ष्य लिएको भए पनि स्थानीय तहको निर्वाचनमा जिल्ला अदालत दोलखाको १ नम्बर न्यायधिश मुख्य निर्वाचन अधिकृत भएकोले मुद्धा हेर्न नसकेकोले यो वर्ष ४७. १६ प्रतिशत मुद्धा मात्र फस्र्यौट हुन सकेको श्रेस्तेदार कुलप्रसाद दहालले बताउनु भयो । जिल्ला अदालत दोलखामा दर्ता भएका मुद्धामा थुनुवा भएका ३१ वटा, प्राथामीकता प्राप्त ६६ वटा, साना प्रकृतिका १ सय १ वटा, बालबालिका पक्ष भएका १५ वटा, महिला पक्ष भएका १ सय ७७ वटा, जेष्ठ नागरिक पक्ष भएका २९ वटा र निरन्तर सुनवाईका ५३ वटा रहेको श्रेस्तेदार कुलप्रसाद दहालले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: