घट्दै छ छोरीको जनसंख्या


प्रकाशित मिति :2017-07-13 14:55:48

खेमा बस्नेत

काठमाडौं । नेपालमा पछिल्लो समय छोराको तुलनामा छोरीको जन्मदर घट्दै गएको देखिन्छ ।

विभिन्न अस्पतालमा जन्मेका बालबालिकाको तथ्यांकलाई हेर्दा छोरीको जन्म कम भएको देखिएको हाे । विश्व स्वास्थ्य संगठनको अनुसार १०० जना छोरीको जन्म हुँदा १०५ जना छोरा जन्मनुपर्दछ । शिशु अवस्थामा छोराको तुलनामा छोरीको रोगसँग लड्न सक्ने क्षमता(इम्युनिटी पावर) बढी हुने भएकाले पनि यस्तो आधार तय गरेको हो ।

देशभरका अस्पतालहरुमा जन्मने छोरीको संख्या घट्न थालेपछि जनसंख्याको जैविक सन्तुलनमा समेत गडबड हुने देखिन्छ ।

नेपालका विभिन्न अस्पतालमा अहिले १०० छोरा जन्मिदा ८०\८५ जनाको हाराहारीमा मात्र छोरी जन्मिएको देखिन्छ ।

स्वास्थ्य सेवा विभागको २०७२/०७३ तथ्यांक अनुसार नेपालमा वर्षमा एक लाख ४३ हजार ४६५ बालिका जन्मदा एक लाख ४७ हजार ५०९ बालक जन्मिएका छन् । यो तथ्थांकलाई विश्लेषण गर्ने हो भने ४ हजार ४४ जना बालक बालिकाको तुलनामा बढी हो ।

आ.व २०७२/०७३ मा प्रसुती गृहमा १८ हजार ३ सय १२ जना बालबालिकाको जन्म भएको छ । जसमा बालिका ८ हजार ३ सय ८५ (४६%) र बालक ९ हजार ९ सय २७ (५४%) जन्मीएका छन् । त्यसैगरी आ.व २०७१/०७२ मा १८ हजार ८ सय १३ बालबालिका जन्मेकोमा बालिका ८ हजार ६ सय २१ (४६%) र बालक १० हजार १ सय ९२ (५४%) रहेका थिए ।

सिविनले आ.वर्ष २०७२/०७३ जिल्ला जनस्वास्थ्य कास्की, भरतपुर अस्पताल, मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र महाकाली अञ्चल अस्पतालमा गरेको अनुसन्धानले पनि बालिकाको जन्म बालकको भन्दा कम देखाएको छ ।

१३ हजार ४७९ जना बालिका जन्मेकोमा १६ हजार १०६ जना बालकको जन्म भएको छ ।

त्यसैगरी आ.व २०७२/०७३ चैतसम्मको तथ्याङ्कले भक्तपुर अस्पतालमा ६४० जना बालकको जन्ममा ५६१ बालिका जन्मिएका छन् ।

ओम अस्पताल आ.व २०७२/०७३ जेठसम्म ६३७ बालक र ५२७ बालिका जन्मिएको तथ्यांक छ । त्यसैगरी पाटन अस्पताल आ.व २०७२/०७३ जेठसम्म ३२७७ बालक र २९०३ बालिका जन्मिएका छन् ।

नेपाल जनसंख्या संघका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डा.केशव प्रसाद अधिकारीले नेपालमा छोरीको जनसंख्या घट्दै गएमा जैविक तथा लैगिंक असन्तुलन हुने बताउनुभएको छ । ‘शहरी क्षेत्रका हुनेखाने वर्ग र सचेत वर्गमा छोराछोरीको विभेदका कारण छोरीको  संख्या कम हुँदै गएका छन् । समाजमा लिंग पहिचान गर्ने प्रवृतिले छोरीको  संख्या हराउँदै गएका छन्’ डा.अधिकारीले भन्नुभयो ।

छोराको चाहानले लिंग पहिचान गरी भुण हत्या गर्ने प्रवृतिका कारण छोरीको जन्मदर कम भएको हो । सन् २०११ को नेपाल जनसंख्यक तथा स्वास्थ्य सर्वेक्षणमा धेरै दम्पतीहरु पहिला र अन्तीम बच्चालाई गर्भपतन नगराउने पाइएको छ ।

‘सन् २०११ को नेपाल जनसंख्यीक तथा स्वास्थ्य सर्वेक्षणमा धेरै महिलाहरुले बिचको गर्भलाई पतन गराएका छन् अर्थात लिंग पहिचान गरी छोरी छ भने गर्भपतन गराउने गरेको त्यो सर्वक्षणलाई विश्लेषण गर्दा बुझिन्छ ’डा.अधिकारीले भन्नुभयो ।

उहाँले गर्भपतन सम्बन्धि बनेको कानुनी कार्यान्वय र समाजमा छोराछोरी माथि हुने विभेद हटाउनुपर्नेमा जोड दिनुभयो । यसरीनै यो तथ्यांक बढ्ने हो भने भोली नेपाली समाज छोरी हराएको समाज बन्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डा.धर्मकान्त बास्कोटाले लिंग पहिचान गरेर गर्भपतन गराउने डा. नुतन शर्मालाई कारबाही गरेको बताउनुहुन्छ । उहाँले डाक्टरको क्लिनिक क्लिनिक गएर कारबाही गर्न नसक्ने हुदा उजुरी परेमा यस्ता घटनाको कारवाही गर्ने बताउनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: