मुक्त हलिया बालबालिकालाई शैक्षिक सामाग्री


प्रकाशित मिति :2017-07-13 16:45:01

नन्दा थापा

बाजुरा । बडिमालिका नगरपालिका नौ उखाडीका १५ जना मुक्त हलिया बालबालिकाले शैक्षिक सामाग्री सहयोग पाएका छन् ।

मुक्त हलियाका बालबालिकालाई लायन्स क्लब अफ बर्कली मकालु अमेरिकाका अध्यक्ष मनोहरा थापा बोगटीले शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सहितको टोली बस्तीमै पुगेर बालबालिका र तीनका अभिभावकको उपस्थितिमा हस्तान्तरण गरिएको हो । गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धी गर्न प्रोत्साहनका लागि सहयोग गरिएको बोगटीले बताउनुभयो ।

क्लबमा आवद्ध २६ जना सदस्यले मासिक समीक्षा बैठकमा उठाएर १ रुपैया डलर संकलन गरेर दुर्गम बस्तीका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बोगटीले भन्नुभयो ।

नौ परिवार रहेको हलिया बस्तीका १५ जना बालबालिकालाई वर्षदिनलाई पुग्ने गरी शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रतिव्यक्ति झोला, छाता, ज्यामिति बक्स, पेन्सील, कलम, स्कुल पोशाक सहयोग गरिएको हो ।

शैक्षिक सामाग्री मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटी, महिला विकास अधिकृत कमला शाही, प्रहरी निरीक्षक जगदिस भट्ट, पत्रकार अर्जुन शाह, प्रेम विक, लक्ष्मीराज उपाध्याय सहितले हस्तान्तरण गरेका हुन् ।

बास्तविक सहयोग गर्नुपर्ने र खाँचो भएका समुदायलाई रोजेर सहयोग गरेकोमा प्रजिअ लामिछानेले बधाई दिए । सहयोगसँगै विदेशमा बसेर पनि नेपाल र नेपालीप्रति देखाएको माया नै ठूलो उपहार भएको बताए ।

‘घरमै शैक्षिक सामाग्री पाएपछि बालबालिका सहित आफन्त खुसी भएका छन् । फोटो खिच्न, कुरा लिन र नाम सोध्न मात्र आउथ्ये, आज छोराछोरीका आमा बुबा भएर आएको महशुस भयो’ रतुडा महिला समुहकी अध्यक्ष रुपा चदाराले बताउनुभयो ।

क्लबले यस अघि क्यान्सर पीडितलाई डेढ लाख बराबरको आर्थिक सहयोग कैलालीमा पनि गरेको थियो । अछाम घर भएकी अध्यक्ष बोगटी आफन्त भेट्न आएका बेलामा बालबालिकाहरुलाई सहयोग गर्नुभएको हो ।

उहाँका श्रीमान दलबहादुर बोगटी जिल्ला प्रहरी कार्यालय बाजुरामा डिएस्पी पदमा कार्यरत रहनु भएको छ ।

सो ठाउँका मुक्त हलियासँग बस्ने घर बाहेक केही छैन् । उक्त बस्ती पहिरोको उच्च जोखिममा छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: