पूर्वाञ्चलमा महिला हिंसाका घटना बढि


प्रकाशित मिति :2017-07-14 13:17:12

महिला खवर

सुनसरी । पूर्वाञ्चलमा छ महिनाको अवधिमा सवैभन्दा वढि महिला तथा वालअघिकार हननका घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरले सार्वजनिक गरेको छ महिनाको तथ्याङ्क अनुसार सवैभन्दा बढि घटना महिला तथा बालअधिकार उल्लंघनका पाइएको हो ।

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका प्रलेख अधिकृत देवराज पोखरेलका अनुसार पूर्वाञ्चलमा गत जनवरीदेखि जुनसम्म भएका मानवअधिकार उल्लंघनका घटनामा १ सय ८६ जना महिला पीडित भएका छन । त्यसमा पनि घरेलु हिंसाका घटनामा १ सय १० जना महिला परेका छन् । बलात्कारको घटनामा ३१ जना र बलात्कारको प्रयासमा १३ जना महिला पीडित भएको इन्सेकको तथ्याङ्कमा छ ।

बहुविवाहको घटनाबाट १६ जना महिला पीडित भए भने बोक्सीको आरोपमा एक जना, बेखविखनको घटनामा पाँच जना र गाली बेईज्जती अन्तर्गतको घटनामा दुईजना महिला परेका छन् । आठ जना महिला माथि कुटपीटको घटना भएको पाइएको छ । छ महिनाको अवधिमा बलात्कारका घटनाबाट ६७ बालिका पीडित भएका छन् । यौनजन्य दुव्र्यवहारका घटनामा १२ जना बालिका परेका छन् ।

छ महिनामा पूर्वाञ्चलमा चारजना महिला सहित २० जनाको हत्या भएको छ । बालअधिकार उल्लङ्घनका घटनाबाट ८४ जना बालबालिका पीडित भएको प्रलेस अधिकृत पोखरेलले बताउनुभयो ।

त्यसैगरि विगत ६ महिनामा भएका अपराधका घटनाहरुमा महिला तथा बालिकाहरु बढी पीडित भएको पाइनु चिन्ताको विषय भएको इन्सेक प्रलेख अधिकृत पोखरेलले वताउनुभयो । सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई महिला तथा बालिकाको सुरक्षामा गम्भिर हुन उहाँले अनुरोध गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: