दृष्टिबिहिन महिलालाई नगरपालिकाको सहयोग


प्रकाशित मिति :2017-07-14 16:13:18

यमुना खनाल

सिरहा । सप्तरीको बोधेबर्षाईन नगरपालिका, १३ की दृष्टिबिहिन दलित महिलालाई घर बनाउन बोधेबर्षाईन नगरपालिकाले नगद १५ हजार रुपैया सहयोग गरेको छ ।

दुबै आँखा नदेख्ने स्थानीय भोलभी देबी राम काम गरेर पनि खान नसक्ने भएकोले नगरपालिकाले सहयोग गरेको बोधेबर्षाईन नगरपालिकाका कार्यकारी अधिकृत शम्भु यादबले बताउनुभयो । रामकी सात बर्षिया छोरी पनि अपाङ्ग छन् । उनी एकल महिला पनि हुन् ।

रामले भन्नुभयो ‘हातमा कुनै सीप छैन । काम गरौ दुबै आँखा देख्दिन । छोरी पनि अपाङ्ग छ । श्रीमानको मृत्यु भईहाल्यो । छोरा छोरी र आफ्नो पेट कसरी पाल्ने ?’ राम परिवारको बस्ने छाप्रो भन्दा बाहेक अरु कुनै सम्पत्ति छैन । छोरी र उनले पाउने सामाजिक सुरक्षा भत्ता नै उनीहरुको श्रोत हो । भत्ता आएको पैसा हुन्जेल खाने नभए भोक भोकै बस्नु पर्ने राम परिवारको बाध्यता छ ।

रामले छोरी आफ्नो सामाजिक सुरक्षा भत्ताको रकमले दुई छोरा छोरी सहित आफुले गुजारा गरिरहेको बताउनुभयो । त्यहि पैसाले जति पुग्छ त्यति खायो नपुगे भोकै बस्ने गरेको उनले देखेसो सुनाईन् । दृष्टि बिहिन महिलाको साहारा कोही नभएकाले उनलाई ओत हालेर बस्न सहयोग पुग्छ भन्ने उदेश्यले आफुले नगरपालिकाको तर्फबाट सहयोग गरेको शाहले बताउनुभयो ।

रकम बुझेपछि भोलभी देबी रामले आफुले कतैबाट सहयोग नपाए पनि नगरपालिकाले सहयोग स्वरुप १५ हजार रुपैयाँ दिएपछि खुशी लागेकोे प्रतिकृया दिईन् । यो पैसाले घर बनाउने उहाँले बताउनुभयो ।

कार्यकारी अधिकृत शाहले अपाङगता भएकी रामकी छोरी र ६ वर्षीया छोरालाई पढाउने जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता गरे । बालबालिकाको लागि विद्यालय सम्पूर्ण खर्च पोशाक, जुत्ता लगायतको सबै खर्च नगरपालिका नगरपालिकाको तर्फबाट उपलब्ध गराउने पनि प्रतिबद्धता शाहले रकम हस्तान्तरण गर्ने क्रममा गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: