दलित प्राविलाई सहयोग जुट्दै


प्रकाशित मिति :2017-07-17 15:12:48

–महिला खबर –

काठमाडौं । पर्साको महुवन ७ स्थित दलित प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गर्ने हातहरु बढ्दै गएका छन् ।  विगत १२ वर्षदेखि भौतिक पूर्वाधार विना नै सञ्चालन हुँदै आएको विद्यालयलाई देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् ।

विद्यालयको समस्या बारे महिला खबर डटकममा समाचार प्रकाशित भएको थियो । विद्यालयलाई हाल सम्म एक लाख ५० हजार भन्दा बढि सहयोग संकलन भएको विद्यालयका शिक्षक मनोज रामले बताउनुभयो ।

उहाँले विद्यालयमा डेक्स, बेन्च लगायत भौतिक सामाग्री खरिद गर्न अझै त्यति नै बराबरको रकम आवश्यक पर्ने बताउनुभयो ।

वि.स २०६३ सालमा स्थापना भएको विद्यालयमा हाल २ सय १० विद्यार्थी पठन पाठन गर्दै आएका छन् । विद्यालयमा एक जना स्थायी शिक्षक, ३ जना राहत शिक्षक, एक जना बाल विकास शिक्षक र एक जना कार्यालय रहयोगी कार्यरत रहेका छन् ।

यो पनि हेर्नुहोस्

बर्षाैदेखि चिसो भुँइमै पढ्छन् दलित विद्यार्थी

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: