महानगरका कार्यपालिकामा २० प्रतिशत पनि महिला पुगेनन्


प्रकाशित मिति :2017-07-17 15:39:29

खेमा बस्नेत

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि गठित महानगरका कार्यपालिकामा महिलाको सहभागिता २० प्रतिशत पनि पुगेको छैन । वडा तहमा ४० प्रतिशत महिला सहभागिता भएपनि स्थानीय कार्यपालिकामा भने महिलाको संख्या २० प्रतिशत पनि नपुगेको हो ।

निर्वाचनको १५ दिनभित्र नगर तथा गाउँ कार्यपालिका गठन गर्नुपर्ने संवैधानिक प्रावधान अनुरुप देशका मुख्य महानगरपालिका काठमाडौं, ललितपुर र पोखरा लेखनाथको नगरकार्यपालिका गठन भइसकेको छ ।

तिमध्ये सबैभन्दा बढि काठमाडौं महानगरपालिकाको कार्यपालिकामा १९ प्रतिशत महिला सहभागि छन् । भने सबैभन्दा कम ललितपुर महानगरको कार्यपालिकामा १५ प्रतिशत मात्रै महिला छन् । भने पोखरामा करिब १९ प्रतिशत महिला छन् ।

स्थानीय स्रोत साधनको वितरण, बजेट विनियोजनको मुख्य भूमिका नगर कार्यपालिकासँग रहेको हुन्छ । तर, स्थानीय तहको ‘मन्त्रीमण्डल’ मानिने कार्यपालिकामा तीन महानगरमध्ये एउटामा पनि २० प्रतिशत  महिलाको सहभागिता पुग्न सकेन ।

प्रत्येक नगर कार्यपालिका नगरको प्रमुखको अध्यक्षतामा गठन हुन्छ । संविधानको धारा २१६ अनुसार उपप्रमुख र सो नगर भित्रका वडा अध्यक्ष स्वतः सदस्य रहन्छन् । नगरसभाका सदस्यहरु मध्येबाट पाँच जना महिला र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित भएका तीन जना सदस्य स्वतः नगर कार्यपालिकाकोे सदस्य हुने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्था अनुसार गठित नगर कार्यपालिकामा पोखरा र काठमाडौं महानगरपालिकाले दलित वा अल्पसंख्यक समुदायबाट एक जना दलित महिला चुनेको छ । ललितपुर महानगरले भने दलित वा अल्पसंख्यक समूदायबाट महिलाको सहभागिता गराएन ।

काठमाडौं महानगरपालिकामा ४२ सदस्यीय नगर कार्यपालिका गठन भएको छ । जसमा महिला ८ जना रहका छन् । काठमाडौंमा नगरप्रमुख र उपप्रमुख, ३२ वडाका वडा अध्यक्ष, पाँच जना महिला सदस्य र दलित वा अल्पसंख्यक ३ जना गरी ४२ जना गरी नगर कार्यपालिको गठन भएको हो ।

काठमाडौंको नगर कार्यपालिकामा सहभागी हुने महिलामा उपप्रमुख हरिप्रभा खड्गी, वडा नम्बर १४ का वडा अध्यक्ष शोभा सापकोटा र पाँच जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट एक जना दलित महिला सदस्य गरी आठ जना रहेका काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
ललितपुर महानगरको नगर प्रमुखको अध्यक्षतामा ३९ सदस्य नगर कार्यपालिकामा गठन भएको छ । जसमा नगरप्रमुख र उपप्रमुख, २९ वडाका वडा अध्यक्ष र पाँच जना महिला सदस्य र दलित वा अल्पसंख्याक ३ जना गरी ३९ जना कार्यपालिका सदस्य छन् । जसमा महिलाको संख्या ६ जनामात्रै रहेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

त्यसैगरी, पोखरा लेखनाथ महानगरपालिकामा ४३ सदस्यीय नगर कार्यपालिका गठन भएको छ । नगर प्रमुखको अध्यक्षतामा उपप्रमुख, ३३ वटै वडाका वडा अध्यक्ष, पाँच जना महिला सदस्य र दलित वा अल्पसंख्याक ३ जना गरी ४३ जना गरी नगर कार्यपालिकाको गठन भएको छ ।

पोखरा नगरको नगरकार्यपालिकामा पाँच जना महिला सहित र दलित वा अल्पसंख्याकबाट एक जना दलित महिला गरि ८ जना महिला चुनिएका छन् । कार्यपालिकामा मनभुजा विश्वकर्मा दलित कोटाबाट सदस्यमा चुनिएका कार्यकारी अधिकृत दिर्घनारायण पौडेलले बताउनुभयो ।

उहाँले उपप्रमुख मन्जुदेवी गुरुङ, वडा नम्बर १ की वडा अध्यक्ष सारादा कुमारी पराजुली सहित आठ जना महिला कार्यपालिकामा चुनिएका जानकारी दिनुभयो ।
पहिलो र दोस्रो चरणमा निर्वाचन पाँच मध्ये भरतपुर महानगरपालिकाको निर्वाचन परिणाम आएको छैन ।

विराटनगर महानगरपालिकाको भने नगर कार्यपालिका गठनको क्रममा रहेको महानगरकी उपमेयर इन्दिरा कार्कीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: