सरसफाई अभियानमा सफल आमा समुह


प्रकाशित मिति :2017-07-17 16:17:03

–बसन्ता भट्ट–

बेसिशहर । लमजुङको बेसिशहर चनौटका सफल आमा समूह यतिबेला सरसरफाई अभियानमा जुटेको छ ।  बेसीशहर नगरपालिकाद्वारा सञ्चालित फोहरमैला व्यवस्थापन बजार क्षेत्रमा मात्र सिमित रहेको बेला चनौटेका आमा समूह भने आफै सरसफाई अभियानमा लागि पेरका हुन् ।

अभियानलाई निरन्तरता दिन प्रत्येक महिनाको १ एक गते प्रत्येक घरको एक÷एक जना सदस्य जम्मा भई टोल तथा बाटो सरसफाई गर्ने निर्णय गरिएको समेत सफल महिला समुहका सचिव श्रीकला घलेले बताउनुभयो ।

सरसफाई अभियानमा स्थानीय ८० वर्षीय नन्दकुमारी राउतले समेत साथ दिनुभएको छ । सरसफाई एक सभ्य व्यक्ति, परिवार टोल र राष्ट्रको पहिचान भएको भन्दै यस्तो कार्यका लागि आफू सदा तत्पर रहेको वृद्धा राउतले बताउनुभयो । स्वच्छ वातावरण, सफा र सुन्दर गाँउ बनाउन समूहका महिला र बृद्धा आमा सगैं स्थानीयहरु एकजुट भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: