‘दबाई नअरेपछि बुढा मर्न्या हुन्’


प्रकाशित मिति :2017-07-18 10:23:27

खेमा बस्नेत

काठमाडौं । कैलाली बौनिया कट्टेपुलकी राजुदेवी दमाई (४१) यतिबेला श्रीमानको उपचार खर्च जुटाउन दिनहूँ काठमाडौंका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय धाइरहेकी छन् ।

जिविकोपार्जनका लागि २०६० सालमा भारत पसेका राजुदेवी र उनका श्रीमान गौरी दमाई (६१) एक वर्ष अघि घर फर्किएका थिए । सिलाइकटाई गरेर पेट पालीरहेका थिए । अचानक गौरी अस्वस्थ भएपछि सेती अञ्चल अस्पताल कैलालीमा भर्ना गराए ।

‘सुरुमा बुढा(श्रीमान)लाई डाक्टरले टिपी (टिबी) लाग्या छ भने, टिपीको दबाईले पनि भाउँ लागेन । अहिले मुटु पनि खराब छ भन्छन्’ राजुले भनिन् ।

कैलालीमा निको नभएपछि गत फागुनमा उनीहरु काठमाडौ आए । ‘सुरुमा मुटुको बिरामी भनेपछि गंगालालमा लगे, त्यहाँका डाक्टरले मुटुको बिरामी हैन भनेर विर अस्पताल पठायो, विरमा १५ दिनसम्म चेक गराउँदा कहिले १५ सय, कहिले २५ सय, कहिले ४÷५ हजारको एक्सरे गर्दा म टुप्पी समात्ने भैगय’ राजुले भनिन् ।
विर अस्पतालले मृगौलाको समस्या देखाएपछि उनले कैलालीबाट मृगौलाको उपचार सहुलियत पाउने सिफारिस पत्र बनाएर ल्याएको बताइन् । तर डाक्टरले सुपारी (सिफारिस) लिनै नमानेको उनको आरोप छ ।

‘सुपारी लिएर आए, तर डाक्टरले नै के रोग हो पत्ता नलागेसम्म तम्रा सुपारी समात्दैन भने त्यसपछि पैसा माग्न अह गया अह गया १५ दिनपछि तिनै चिज खराब छ भने अब यो सुपारी त काम लागेन,निशुल्क उपचार गर्न पाएन’ राजुले भनिन् ।

उनका अनुसार श्रीमानको मुटु, फोक्सो र मृगौला सवै विग्रिएकाले अस्पतालको राय अनुसार गत बैशाखमा उनीहरु कैलाली फर्किएका थिए । ‘अस्पतालले कहिबेला मृगौला भन्छन् कहिबेला मुटु, कहिबेला फोक्सो विग्रियो भन्छ । अब बुढालाई अक्सिजन लगाउनु भन्छन्’ राजु भन्छिन् ।

अक्सिजनको के कुरा दबाई किन्ने पैसा नभएको उनले सुनाइन् । ‘डाक्टरले अक्सिजन दिएर पाल्नु भन्नुभएको छ । म काम गर्न सक्दैन क्या अरी पाल्ने, बुढा आफु हडि सक्दैन,मेरो खुट्टाले हुदैन’ राजुले भनिन् ।

उपचार खर्च जुटाउन उनी सिंहदरबार पनि पहिले नै गएका थिए । ‘सिंहदरबार दुई दिन गया,त्यउँडा भएका मुन्छेले,मन्त्री हुँदा सबैले पाँच सय हजार दिया हुन् त्यही पैसाले बुढाको उपचार गर्या हो पहिले’ राजुले भनिन् ।

अहिले पनि कसैले पैसा दिए उपचार गर्न सकिएला भनेर सरकारी कार्यालय धाउन थालेको उनले बताइन् । पैसाको जोहो गरेर मात्र श्रीमानलाई अस्पताल लिएर जाने उनले बताइन् ।

‘अब म काठमाडौं बुढालाई ल्याउदैन । ल्याइकन के हुन्छ । पैसा नभई भर्ना गर्न दिदैनन् । पैसा दिए भने धनगढी, नेपागंञ्ज, कोहलपुर उपचार गरुली । डाक्टरले दबाई लेखेको छदैछ । बुढालाई कुरेर बसु पैसा माग्न को जाने,बुढा लिएर हिँढु रिक्सा चाहिन्छ,कस्ले बोक्ने सहारा कोही छैन’ राजुले भनिन् ।

‘दबाई नअरेपछि मेरा बुढा मन्र्या हुन् । उनलाई दबाई खुवाँएपछि बाँच्दछन् की भनेर पैसा माग्दछु ’ राजुले भनिन् ।

उनी द्धन्द्धपीडित पनि हुन् । तर उपचार गराएको बिल नहुँदा राहत समेत नपाएको उनले बताइन् । ‘२०६० सालमा मलाई खुटामा गोली लागेको थियो । उतीबेला कस्को गोली लागेको हो थाहा पाएन, नेपालगञ्जमा उपचार गराए, बिल लिएको थिएन । अहिले बिल ल्याए मात्र राहत दिने भन्छन्, कहाँबाट ल्याउनु’ उनले दुखेसो पोखिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: