५ बर्षिया बालिका विचल्लीमा


प्रकाशित मिति :2017-07-18 11:57:31

डीबी विष्ट
बझाङ । बर्खाको समय । रातदिन पानी परिरहन्छ । साना बालबालिकालाई पानीमा भिज्न दिनु हुन्न । चिसो लागेर विरामी हुन्छन् । तर खप्तड छान्ना गाँउपालीका ७ सार्की टोलकी ५ बर्षिया मुस्कान सार्कीलाई भने घामपानीबाट जोगाइदिने कोही छैनन् ।

पानीमा भिज्दै बाटो, घाटो र जंगलमा सुतेर उनले रात दिन विताउदै आएकी छन् । २०६८ साल तिरको कुरो हो । बम बहादुर सार्कीले भारतीय केटीसंग विवाह गरे । तिनै भारतीय महिलाबाट जन्मेको मुस्कान विच्चलीमा परेकी हुन् । आमा र बुबा दुवैले वस्ता नगरेपछि ति बालिका विच्चलीमा परेको स्थानीय विष्णु थापाले बताउनुभयो । ४ महिनाको गर्व रहदै ति भारतीय महिलाले स्थानिय गोरे सार्कीसगँ दोस्रो विवाह गरेकी थिइन् । छोरीको जन्मेपछि ति महिला भारत गएर फर्केका छैनन् । यता गोरे र बम बहादुर दुवैले मुस्कानलाई नस्वीकारेपछि बालिका विच्चलीमा परेकी हुन् ।

स्थानीय उत्तम थापाले ति बालिकाको अवस्था बारे जिल्ला प्रशासन, प्रहरी, महिला तथा बालबालिका कार्यालयमा जानकारी गराएपनि बालीकाको उद्धार नभएको गुनासो गर्नुभयो । आमा एउटै बुबा अलग अलग भएका कारण उनी विच्चलीमा परेको थापाले बताउनुभयो । मुस्कानलाई गोरे र बम बहादुर दुवैको परिवारले कुटपिट गर्ने गरेकाले पनि उनी घरमा बस्न नसकेको स्थानीयले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: