पुरा भयो गंगामायाको सपना


समाचारको प्रभाव

प्रकाशित मिति :2017-07-18 13:12:48

सर्मिला बुढाथोकी

दोलखा । नाम्दकी ६७ बर्षिया बेसाहारा गंगामाया रिमाललाई काठमाडौँ धापाखेलकी शान्ति गिरीले कोठा भाँडा, लताकपडा र चामलको लागि ४० हजार आर्थिक सहयोग गर्नु भएको छ । महिला खवरमा “छोराको पर्खाइमै वित्छ गंगामायाको दशै” शिर्षकमा छापेको समाचारबाट प्रभावित भएर गंगामायाको रहर पुरा गरिदिने जमर्को गरेको गिरी बताउनु हुन्छ ।

शान्तीले एक बर्षको घर भाँडा २४ हजार, ग्यास चुलो एक थान, चामल एक बोरा, कोठाको लागि कार्पेट, लता कपडा लगाएत गरी ४० हजार बराबरको सहयोग गर्नु भएको हो । गंगामाया बाँचुन्जेल घर भाडा रकम तिरिदिने प्रतिवद्धता पनि शान्ती गिरीले व्यक्त गर्नु भएको छ ।

विगत ३२ बर्ष देखि दोलखा सदरमुकाम चरिकोटमा रहेको बाबुराम श्रेष्ठको घरमा आफ्नो दैनिकी बिताईरनु भएकी गंगामा रिमालले घरको भाडा तिर्नु नपर्नै तर बारीको काम, कुटानी पिसानी र किनमेल लगायतका सबै जसो काम गरिदिनु पथ्र्यौ । उमेर ढल्किदै गए पछि काम गर्न सक्दिन, काम नगरे के खाउँला, कहाँ बसौला भन्ने चिन्ताले सताएको थियो अन्जानै भएपनि शान्तीले मेरो सपना पुरा गरिदिनु भयो – गंगामायाले भन्नु भयो ।

गंगामायाको छोरा कृष्णप्रसाद १३ बर्ष अघि माओवादी द्वन्द्वको समयमा वेपत्ता भएका थिए । गंगामायाले भन्नु भयो – भएको एउटा छोरा पनि बेपत्ता थियो अहिले शान्ती मिसले छोराले जसरीनै हेरचाह गर्नु भयो । अब बाँचुन्जेल शुख र खुशीसंग बस्न सक्ने गंगामाया बताउनु हुन्छ ।

बृद्धा गंगामायालाई मानव अधिकारकर्मी सिर्जना कार्कीको समन्वयमा शान्ती गिरीले कोठा भाँडा तथा अन्य सामानहरु उपलब्ध गराउनु भएको थियो । गंगामायालाई ७ बर्ष अघि अधिकारकर्मी कार्कीकै पहलमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नु भएको थियो । नागरिकता भएकै कारण अहिले उहाँले सरकारले प्रदान गर्ने एकल महिलाको भत्ता लिदै आउनु भएको छ ।

यो पनि हेर्नुहोस् :

                नयाँ कोठामा ग्यास चुलो बाल्न सिक्दै गंगामाया

समाचारको प्रभाव

छोराको पर्खाइमै वित्छ गंगामायाको दसैं

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: