बालिका गर्भवती बनाउने युवा विरुद्ध मुद्धा दर्ता


प्रकाशित मिति :2017-07-18 17:05:51

–महिला खबर– 

काठमाडौं । भोजपुरकोे अरुण गाउँपालिका ५ याकुकी ११ वर्षीय बालिकालाई अवैध रुपमा गर्भवती बनाउने युवा विरुद्ध मुद्धा दर्ता गरिएको छ ।
छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठले जवरजस्ती शारीरिक सम्पर्कपछि बालिका गर्भवती भएकी थिईन् । बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ ।

फरार रहेका श्रेष्ठलाई प्रहरीले धरानबाट पक्राउ गरिएको हो । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय भोजपुरमा मंगलबार जवरजस्ती करणीको मुद्धा दर्ता गरिएको छ ।

बालिकाको बुवा नेवार र आमा दलित हुन् । उनीहरु दलित भएको भन्दै केटा पक्षले नभित्राउने बताएपछि युवाले नै बालिकालाई धरान पुर्याएका थिए । धरानमा बालिकालाई एक्लै छाडेर युवा भने फरार थिए । गर्भसहित बालिका अलपत्र परेको मिडियाहरुमा खबर आएपछि घट्ना बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी काजीकुमार आचार्यले बालिकालाई न्याय दिन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
मुलुकी ऐनको जबरजस्ती करणी महलले घट्ना भएको ६ महिनासम्म पीडित पक्षले सम्बन्धित निकायका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

बालिका गत पुस ९ गते पहिलो पटक महिनावारी भएकी थिईन् । सोही महिनामा घरमा कोही नभएको समयमा श्रेष्ठले कुमारीत्व लुटेको बालिकाले बताएकी छिन् ।

छोरीको महिनावारी रोकीएपछि घरमा समान्य नै मानेका थिए । पेट वढ्दै गएपछि बालिकाले आमासँग कुरा राखेकी थिईन् । तर घट्ना भने समाजमा नै मिलाउन खोजिएको थियो । बालिका गाउँकै विद्यालयमा कक्षा ७ मा पढ्दै आएकी थिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: