हिंसापिडितका लागि हेल्पडेक्स स्थापना गरिने


प्रकाशित मिति :2017-07-18 16:27:30

महिला खबर

सुनसरी । इटहरी उपमहानगरको पहिलो वैठकले हिंसापीडितको सहयोगका लागि हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको छ । वैठक पछि आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाको प्रवक्ता एवं उपमेयर लक्ष्मी गौतमले सो जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो वैठकले नगर भित्र हिंसामा परेका महिला जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई न्यायमा पहूँच पुर्याउन उपमहानगर कार्यालयमा चाडै सहायता कक्षको स्थापना गर्ने निर्णय भएको छ । वैठकले गरेका नौ बुदें निर्णयमा सुत्केरी भत्ता वृद्धि गर्ने समेत रहेको छ । सरकारले दिदै आएको सुत्केरी भत्तामा उपमहानगरले थप गरिदिने भएको हो । स्वास्थ्यसस्थाहरुवाट प्राप्त हुने निशुल्क औषधीहरुमध्ये विरामीको अवस्था हेरी थप औषधी उपलब्ध गराउनु पर्ने अवस्था देखिएकाले त्यसका लागि वजेट उपलब्ध गराइने जनाएको छ ।

यसैगरि नगरका महत्वपूर्ण चौकहरुमा फ्रि वाई फाई जोन बनाइने निर्णय समेत गरेको छ । इटहरीको जल र ढल निकासको ब्यवस्थापनका लागि तत्काल काम थालिने भएको छ । नगरवासीको गुनासो र समस्या वुझि तत्काल समाधानमा पहल गर्न हेल्लोमेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसैगरि सवैभन्दा जेष्ठ नागरिकका घरमा मेयर उपमेयरले नै भत्ता पुरयाइदिने भएका छन । नगरवासीको गुनासो र सुझाव लिन पैसा नलाग्ने टेलिफोनको ब्यवस्था गरिने भएको छ । इटहरीमा देखिएको शौचालयको समस्या समाधान गर्न घुम्ति शौचालय निर्माण गरिने वताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: