कुवेत गएका नेपाली चेली सात महिनादेखि सम्पर्कविहीन


प्रकाशित मिति :2017-07-18 16:46:28

महिला खबर
सिन्धुपाल्चोक । घरेलु कामदारको रुपमा काम गर्न कुवेत पुगेकी मेलम्ची, दुवाचौरकी सरिता तामाङ ७ महिनादेखि सम्पर्कविहीन छिन् । २०७२ कार्तिकको अन्तिम साता भारतको वाटो हुँदै अवैध रुपमा कुवेत पुगेकी सरिता ७ महिनाअघिसम्म सम्पर्कमा भएको परिवार स्रोतले जनाएको छ ।

सरिताले इन्टरनेटमार्फत सम्पर्क गर्ने गर्थिन् । उनले आफू कुवेतमा निकै खतरा रहेकोले उद्धार गर्न आग्रह गरेकी थिईन् । ‘बहिनिले सात महिना अघि म कुवेतमा खतरामा छु, मलाई वचाउनु भनी रुदै नेटबाट फोन गरेकी थिइन् ।’ सरिताको दाई सोमर तामाङले भने, ‘अहिले इन्टरनेटमा भेटिन्नन्, हामीसँग उनको कुनै सम्पर्क सूत्र नै छैन ।’ सोमरले बैदेशिक रोजगार बिभाग र परराष्ट्र मन्त्रालय धेरै पटक धाएको सुनाउँदै सरिताको उद्धार गर्न थुप्रै निकायलाई अनुरोध गरेको सुनाए ।

विदेश गएको र कुवेत पुगेर काम गर्न लागेको भनि सरिताले भनेको जानकारी वाहेक परिवारसँग अन्य भरपर्दो प्रमाण छैन । परिवारका अनुसार सरिताको राहदानी नम्वर ०५८४६२४३ र नागरिता नम्वर १०७७४७५ हो । भारतको वाटो हुँदै कुवेत पु¥याउन आफ्नै गाँउ नजिकै रहेको मेलम्ची सिमावारका श्रीलाल स्याङ्वो रहेको समेत सोमरले बताए । ‘सरीता सम्पर्क वीहिन भए सँगै श्रीलाल पनि सम्पर्क विहीन छन् ।’ सोमरले भने ।

सरिताको अवस्था वारे वुझ्न र उद्धारको लागि परिवारले कुवेत स्थित नेपाली दुतावास, एनआरएन, पत्रकार महासंघ तथा कुवेतमा रहेका नेपालीहरुसँग आग्रह गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: