महिला जागरणको युग


प्रकाशित मिति :2017-07-18 17:02:14

खेमा बस्नेत

काठमाडौं । ‘कुनै वेला घर व्यवहार चलाउन समेत अर्काको भर पर्नुपथ्र्यो । अहिले आफ्नै कमाईबाट घरबार धानिरहेकी छु’ कैलालीको लम्कीचुहा नगरपालिका ५, चौरीकी तारादेवी तिरुवाले विगत सम्झिइन्– पेटभरी खान र मन परेको लगाउन चाडबाड नै कुर्नुपर्दथ्यो ।’

१९ बर्षको हुँदै तारादेवीको विवाह भएको हो । त्यतिवेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनी कक्षाकी अब्बल विद्यार्थी थिइन् । विहेपछि पनि उनलाई पढ्ने रहर थियो, तर भारतमा रोजगारी गर्ने उनका श्रीमान उदयले उनलाई संगै लगेपछि पढ्ने धोको पुरा भएन । भारतमै रह“दा छोरी जन्मिइन् ।

आर्थिक अवस्था कमजोर भएकाले नै रोजगारीका लागि भारत छिरेका थिए । श्रीमानको कमाईले मात्रै घरव्यवहार चलाउन गाह्रो थियो । आफ्नो अंशमा परेको १० कट्ठा जमिनले घरमेलो चलाउन समस्या थियो । छोराछोरीको संख्या बढ्यो । छोराछोरीको लालनपालनदेखि घरव्यवहारको जिम्मेवारी तारा र उनको श्रीमानको का“धमा आइप¥यो ।

भारतबाट फर्केका श्रीमान दुवई गए । दुई वर्ष पनि जाने बेलाको ऋण तिर्न सकेनन् । यता ताराको का“धमा छोराछोरी हुर्काउनेदेखि घरव्यवहार चलाउने जिम्मेवारी आइलाग्यो । ‘चारचार जना छोराछोरी हुर्काउने, पढाउनेदेखि सबै व्यवहार धान्नुपर्दा निकै गाह्रो भइरहेको थियो’ उनले भनिन्– के गरु“ भन्नेमा मेसो पाइरहेकी थिइन, वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि बल्ल एउटा बाटो पाए ।’ उनले भनिन् ।

सुरक्षित आप्रवासन परियोजनाद्वारा सञ्चालित वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि उनले ‘महिलाले पनि उद्यम गर्न सक्छन्’ भन्ने आ“ट पलायो । ‘हामी महिला उद्यमशील नबनेकै कारण आर्थिक अवस्था कमजोर भएको अनुभव गरे’ त्यसैले सानोतिनो भए पनि केही गर्नुपर्छ भन्ने ठाने ।

उनले ४५ हजार रुपैया“ ऋण लिएर किराना पसल सुरु गरिन् । यससंगै खसी बाख्रा पाल्ने र बिक्री गर्ने काम पनि थालिन् । आर्थिक अवस्था सुधार हुँदै जादा अहिले जीवन सहज हु“दै गएको छ । अहिले उनी सामाजिक कार्यमा पनि अगुवाई गर्ने भएकी छन् । ‘हरेक कुरा गरेरै सिकि“दो रहेछ । म पहिला के गर्ने ? भन्ने चिन्तामा थिए । गरेपछि सबै हु“दो रहेछ । त्यही सोचले मैले पनि केही गर्न सुरु गरे’ उनले सन्तुष्ट हु“दै भनिन् ।

ताराले पुरानो ऋण तिरेर स्थानीय नवदोय सहकारी संस्थाबाट नया“ कर्जा लिएर कारोबार थपेकी छन् । उनी खुद्रा व्यापारसंगै कुखुरा र खसीको मासु पसल समेत राखेकी छन् । आम्दानीको केही हिस्सा दैनिक रुपमा सहकारी संस्थामा बचत गर्न थालेकी छन् । ‘दिनभर कमाई भएको पैसा सहकारीमा वचत गर्छु । आवश्यक परेको वेला निकाल्छु’ उनले भनिन् ।

तारामा पछिल्लो समय बढेको उत्साह र आत्मवलले गाउ“टोल, छरछिमेकमा उनको परिचय समेत फेरिएको छ । हिजोसम्म उनको कुरा काट्नेहरू हाल प्रसंशाकी पात्र बनेकी छन् । उनी स्थानीय तहको निर्वाचनमा महिला वडा सदस्य उम्मेदवार समेत बनिन् । तारा हाल विभिन्न संघसंस्था तथा समूहमा संलग्न छिन् ।

लम्कीचुहा नगरपालिका–३ की अमृता देउवाले पनि उद्यमी महिलाको परिचय बनाउन सफल भएकी छन् । केही वर्षअघि हात मुख जोड्न समेत धौधौ पर्ने उनले हाल पा“च जना महिलालाई रोजगारी समेत दिएकी छन् ।

अमृताको परिवार पहाडबाट बजारतिर सरेपछि दुःखका दिन सुरु भएका थिए । उनका श्रीमान भारतमा रोजगारी गर्दथे । घरमा जग्गा जमिन थिएन । घरपरिवार धान्न श्रीमानको कमाई मात्रै थियो । त्यो कमाईले छोराछोरीको पठनपाठन र लालनपालन गर्न धौंधौं हुन्थ्यो ।

एक गृहणी महिला बाहिर गएर काम गर्नको लागि थुप्रै सिमा हुन्छन् । यसैबीच अमृताले सिलाइकटाई तालिम लिइन् । आफ्नो क्षमता बढाउदै उनले एक थान मेसिन लिएर पसल चलाइन् । यही एउटा मेसिनले अमृताका सुदिन फर्के । आम्दानीबाट भएको केही पैसा बचत गर्दै हाल उनले सिलाईकटाई सेन्टर नै सञ्चालन गरेकी छिन् । अमृताले आफ्नै मेहनतमा राम्रो कमाइ गरिरहेकी छिन् । ‘पसलबाट म सन्तुष्ट छु । घरखर्च चलाउन र अन्य आवश्यकता टार्न कसैको भर पर्नु परेको छैन’ उनले भनिन् ।

अमृताले मासिक २० देखि ४० हजार रुपैया“सम्म आम्दानी गर्ने गरेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका, अदालतरोडकी हिरामोती चौधरीका दिन पनि उद्यमी भएका कारण जिवन फेरिएको छ । उनले शिवनगरमा डाइमण्ड गारमेण्ट उद्योग सञ्चालन गरेकी छिन् ।

छ वर्षअघि २० हजार रुपैया“बाट एउटा मेसिन किनेकी उनले केही समय एउटा ब्याग हाउसमा रोजगारी समेत गरेकी थिइन् । उद्योगमा तीन जना कर्मचारी छन् । उनी आफै कारिगड हुन् । उनको उद्योगले मासिक सरदर छ सय झोला उत्पादन गरिरहेको छ । डेढ वर्षअघि सुरु भएको सो उद्योगले मासिक ३० देखि ५० हजार रुपैया“ सुद्ध नाफा गरिरहेको छ ।

तारा, हिरामोती, अमृता सफल उद्यमीका केही उदाहरण पात्र मात्रै हुन् । पछिल्लो केही वर्षयता महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा जागरण सुरु भएको देखिन्छ । ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरूले परम्परागत व्यहारलाई परिवर्तन गर्दै व्यावसायिक बन्दै गएको जिल्ला विकास समिति कैलालीका सामाजिक विकास अधिकृत यगम कलेल बताउ“छन् ।

सामाजिक विकास अधिकृत कलेलले महिलालाई सशक्तिकरण गराउन जिल्ला समन्वय समितिले आर्थिक, सामाजिक तथा नीतिगत कुरा विपन्न वर्गसम्म पु¥याउने काम गरिरहेको बताए ।

घरेलु तथा साना उद्योग कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा आठ सय ५० महिला उद्यमी रहेका छन् । तीमध्ये सेवा क्षेत्रमा चार सय २४, उत्पादनमा दुई सय ६९, कृषिमा एक सय ३८, पर्यटनमा १८ र निर्माणमा एक जना महिला उद्यमी रहेका छन् ।

कैलाली उद्योग वाणिज्य संघकी वस्तुगत तर्फकी उपाध्यक्ष रुकमणी देवकोटाले कैलालीमा महिलाहरूमा जागरण सुरु भएको बताइन् । हरेक क्षेत्र तथा काममा महिलाको संलग्नता बढ्दै जानुले महिला सशक्तिकरण भइरहेको बताइन् । ‘महिला सशक्तिकरणको पाटोलाई हेर्ने हो भने अहिले धेरै सुधार भएको देखिन्छ’ उनले भनिन्– महिलाहरू उद्यमी, शिक्षिका, राजनीतिक नेतृ, सामाजिक अभियन्ता भएर सामाजिक परिर्वतनमा लागेका छन् ।

बिष्णुज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष तुलसी देवकोटाले आर्थिक रुपमा सवल तथा आत्मनिर्भर बनाउनका लागि महिलालाई आयआर्जनका तालिम सञ्चालन गर्दै आएको बताउ“छिन् । ‘हामीले महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ सीपमुलक तथा आयआर्जनका तालिम दिदै आएका छौ । उद्यमी बन्न चाहने महिलालाई ९० हजार रुपैया“सम्म बिना धितो ऋण पनि दिदै आएका छौ’ उनले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: