प्रसव पीडामा थबाङकी गर्भवतीलाई काठमाडौं ल्याइयो


प्रकाशित मिति :2017-07-19 10:45:27

रोल्पा । गृह मन्त्रालयको पहलमा थबाङबाट एक गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पुर्याइएको छ । सोमबार रातिदेखि प्रसव पीडामा रहेका थबाङ गाउँपालिका–१ की २६ वर्षीया बरमाया विकलाई काठमाडौं पुर्याइएको हो ।

व्यथा लागेलगत्तै थबाङ स्वास्थ्य चौकीमा भर्ना भएकी बरमायाको अवस्था गम्भीर भएको थियो । उनका श्रीमान् किस्मत विकका अनुसार दुई दिनसम्म बच्चा जन्मन सकेको थिएन । उपचारसमेत सम्भव नरहेपछि गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उनलाई काठमाडौं लगिएको थबाङ स्वास्थ्यचौकीका इन्चार्ज राजकुमार बुढामगरले बताए । जोखिमपूर्ण अवस्थामा रहेका आमा र शिशुको ज्यान बचाइदिन श्रीमान् विकले आग्रह गरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

गृहमन्त्रीको आदेशमा रोल्पामा रहेको नेपाली सेनाको खड्ग दल गणमार्फत हेलिकोप्टरको पहल गरिएको बताइएको छ । थबाङसम्म अहिले यातायात पूर्ण रूपमा अवरुद्ध छ । सदरमुकाम लिबाङबाट दुईखोलीसम्म मात्र यातायात चल्ने भएकाले विकको उपचारमा पहल गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए ।

साभार : नयाँ पत्रिका

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: