महिला विकासको सेवा स्थानीय तहबाट


प्रकाशित मिति :2017-07-19 12:53:51

विदुर आचार्य
सिन्धुपाल्चोक । महिला तथा बालबालिका कार्यालय सिन्धुपाल्चोकले स्थानीय तहबाट सेवा दिन सुरु गरेको छ । स्थानीय तहको निर्वाचन भएको दुई महिना पछि पहिलो पटक महिला विकास कार्यालयले स्थानीय तहवाट सेवा सुरु गरेको हो ।

कार्यालयले जिल्लाको बाह्र वटै तहमा कर्मचारी खटाइसकेको सूचना कर्यालयले जारी गरेको छ । सदरमुकाम समेत रहेको चौतारा सँगाचोकगढी नगरपालिकामा महिला विकास निरीक्षक नानीमैया बस्नेत, बाह्रविसे नगरपालिकामा सहायक महिला विकास निरीक्षक जानुका सुर्खाली र मेलम्ची नगरपालिकामा सहायक महिला विकास निरीक्षक सुमित्रा भट्टराईले जिम्मेवारी लिनुभएको कार्यालयले उल्लेख गरेको छ ।

बाँकी नौ वटा गाँउपालिकामा पनि कर्मचारी खटिएका छन् । कार्यालयको अनुसार साउन महिनाको पहिलो साता सवै तहमा महिला विकासको सेवा सुविधा प्रदान गरिनेछ । जिल्ला कार्यालयमा अब महिला बालबालिका अधिकृत, लेखापाल, दुई जना सहायक महिला विकास निरीक्षक र दुई कार्यालय सहयोगी रहनेछन् । अव जिल्ला कार्यालयले समन्वयको भूमिका मात्र निर्वाह गर्ने जनाइएको छ ।

स्थानीय तहमा सेवा थालेसँगै स्थानीय तहको निर्वाचन पछि महिला तथा बालबालिका कार्यालय स्थानीय तहवाट सेवा प्रदान गर्ने जिल्लाकै पहिलो सरकारी कार्यालय भएको छ ।
स्थानीय तहमा खटिएका महिला विकास कार्यालयका कर्मचारीले भने आफुहरु अन्योलमा परेको बताएका छन् । ‘न आफ्नै कार्यालय छ, न त पर्याप्त कर्मचारी नै ?’ वलेफी गाँउपालिकामा खटिनुभएकी क्षेत्रकुमारी खड्काले भन्नुभयो । स्थानीय तहमा कार्यसम्पादनको लागि आफु खटिए पनि कार्यालय, कर्मचारी र नीति वारे अलमलमा परेको उहाँको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: