बाटोमै सुत्केरी !


प्रकाशित मिति :2017-07-19 13:20:04

-सर्मिला बुढाथोकी-

दोलखा । लामो प्रसव व्यथा लागेको कारण पवटी स्वास्थ्य चौकीबाट रेफर गरिएकी दोलखा मेलुङ गाउँपालिकाकी २६ वर्षीया सरस्वती नेपालीलेबीच बाटोमा नै बच्चालाई जन्म दिनु भएको छ ।

प्रसव व्याथा लागेर असार ३१ गते बिहान २ वजे पवटी स्वास्थ्य चौकी पुग्नु भएकी नेपालीलाई १४ घण्टासम्म निरन्तर व्यथा लागेकाले समस्या हुन सक्ने भन्दै सुरक्षित सुत्केरी गराउन प्रस्तावित चरिकोट अस्पतालमा रेफर गरिएको थियो ।

सदरमुकाम चरिकोट जाने क्रममा नेपालीले चरङ्गे नजिकै बच्चा जन्माएको पवटी स्वास्थ्य केन्द्रका ईन्चार्ज कपिलमणी न्यौपानेले जानकारी दिनुभयो । पवटीबाट सदरमुकाम चरिकोट जाने सडक कच्ची भएकोले उहाँले बाटोमै बच्चा जन्माएको सरस्वतीको आफन्तले बताए ।

पवटी स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसूति सेवा उपलब्ध रहेको भनिए पनि प्रसूति गराउनले दक्ष जनशक्तिको अभाव रहेको स्थानीयले बताए । जिल्ला स्वास्थ्य कार्यालयले आर्थिक बर्ष ०७३-०७४ का लागि करारमा राखेको स्वाथ्यकर्मीको कार्यअवधि सकिए पछि अहिले दक्ष प्रसुतिकर्मी (एसबीए तालिम प्राप्त) कर्मचारी नभएको पवटी स्वास्थ्य केन्द्रका ईन्चार्ज न्यौपानेको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: