ब्लड क्यान्सर पीडित उर्मिलालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-07-19 15:20:58

महिला खबर

उर्मिला भुजेलको उपचारको लागि सहयोग गर्न सहयोगदाताहरुको नाम

काठमाडौं । ब्लड क्यान्सर भएकी उर्मिला भुजेलको उपचारको लागि सहयोग संकलन भएको छ । खर्च अभावले उर्मिलाको उपचारमा समस्या परेको समाचार महिला खबरबाट प्रकाशित गरेकाे थियाे ।

उनीहरुले एक लाख ७५ हजार २६२ रुँपिया आर्थिक सहयोग संकलन गरी उर्मिलालाई पठाएका छन् । नेपालमा बस्ने सुजन अधिकारीले उर्मिलाको उपचार खर्च अभाव भएको थाहा पाएपछि अमेरिका बस्ने अधिकारीका बुबा हरिराम अधिकारीलाई भनेर उनकै पहलमा सो रकम संकलन भएको हो ।

सो रकम सुजनले उर्मिलालाई सोमबार हस्तान्तरण गरेका छन् । ‘मेरो आर्थिक अवस्था कम्जोर हुँदा उपचारमा समस्या परेको थियो । अहिले साथीहरुले पनि मेरो श्रीमतीलाई बचाउन विभिन्न क्याम्पियन गदै आउनुभएको छ ।’ उर्मिलाका श्रीमान राजु भुजेलले भने ।

उर्मिलाको उपचार काठमाडौंको सिभिल अस्पतालमा भइरहेको छ । उनको उपचार खर्च २४ लाखसम्म लाग्ने सिभिल अस्पतालका डाक्टरले बताएको राजुले बताएका छन् । उर्मिला बचाउँ अभियानमा राजुका साथीहरुले अहिले काठमाडौंको विभिन्न ठाउँमा रकम संकलन अभियान पनि गदै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: