चट्याङ लागेर आमा छोरीको ज्यान गयो


प्रकाशित मिति :2017-07-19 17:18:21

–महिला खबर–

सुनसरी । बर्षासंगै परेको चट्याङ लागेर लेटाङमा आमा छोरीको ज्यान गएको छ । बुधबार बिहान ७ बजे खेतमा काम गर्ने क्रममा चट्याङ लागेर लेटाङ वार्ड न. २, पुरानो लेटाङ बजार निवासी ४७ बर्षीय आमा चन्द्रा तामाङ र उनकी १९ बर्षी छोरी सुष्माको ज्यान गएको हो ।

चट्याङ परेको केही समयमा नै खेतमा आमा छोरीलाई अचेत अवस्थामा छिमेकीले भेटिएपछि उनीहरुलाई उपचारको लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याइएको थियो । उपचारको क्रममा आमाछोरीकै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जानकारी दिएको छ ।

यसैबिच तेह्रथुमको म्याङलुङ्गमा गाईले किचेर एकजना महिलाको ज्यान गएको छ । म्याङलुङ्ग १० बस्ने ६२ वर्षिय सन्चमाया लिम्वुको बिहान मृत्यु भएको हो । गाईले कुल्चिएर घाईते भएकी लिम्वुको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तेहथुम प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: