कार्यक्रम संचालन, संजाल विकास र मेलमिलाप तालिम शुरु


प्रकाशित मिति :2017-07-19 18:17:05

महिला खबर

काभ्रे। महिलाहरुको नेतृत्व विकासमा टेवा पुर्याउने उदेश्यका साथ बुधबारदेखि धुलिखेलमा कार्यक्रम संचालन सीप एवं संजाल विकास सम्बन्धी तालिम शुरु भएको छ ।

महिला शक्ति विकास केन्द्र नेपालद्धारा आयोजित चार दिने तालिममा सिन्धुपाल्चोक, दोलखा, रुपेन्देही, डोटी, लमजुड र ताप्लेजुड जिल्लाबाट २४ जना महिलाहरु सहभागी भएका छन् । तालिममा कार्यक्रम संचालन तथा उद्घोषणकला, संजाल निर्माण तथा विस्तार, संस्थागत विकास र महिलाका खबर संकलन तथा लेखन सम्बन्धी सीप सिकाइने जनाएको  छ ।

यसैगरि महिला शक्ति विकास केन्द्रकै आयोजनामा धुलिखेलमै मेलमिलाप सम्बन्धी ४ दिने तालिम संचालन भैरहेको छ । स्थानीय तहमा हुने पारिवारिक तथा सामाजिक झैझगडा स्थानीय तहमै मेलमिलाप गर्न टेवा पुगोस् भन्ने उदेश्यले तालिम आयोजना गरिएकोकेन्द्रका सहायक कार्यक्रम अधिकृत कृशु गौचनले बताउनुभयो । तालिममा केन्द्रको कार्यक्षेत्र अन्र्तगतका ६ वटा जिल्लाका ३० जना क्षेत्रिय संयोजक तथा स्थानीय सहर्जकताहरु सहभागी भएका छन् ।  

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: