रोगी बन्दै मनोञ्जनकर्मी


प्रकाशित मिति :2017-07-20 14:46:57

–फातिमा बानु–

काठमाडौं । बालाजुकी करिश्मा शाक्य (नाम परिवर्तन) काठमाडौंको एक नामी दोहोरी साँझमा गीत गाउँछिन् । कलाकार बन्ने रहरले यस क्षेत्रमा छिरेकी करिश्मा अहिले चाहेर पनि मनोरञ्जन क्षेत्र छोड्न सकेकी छैनन् ।

दैनिक १२ घण्टासम्मा माइकमा गीत गाएकै कारण उनको घा“टीमा समस्या देखिन थालेको छ । ‘घाँटीमा मासु पलाएको छ उपचार गर्न धेरै खर्च लाग्छ रे । अब काम गरेर खान सक्दिन जस्तो छ ।’ उनले आँशु खसालिन् ।

दोहोरी साँझमा १२ घण्टा ठूलाठूला आवाजमा गीत घन्किने उनले बताइन् । ‘ठूलो आवाजमा म्युजिक घन्किाउँछन्, मुटु बेस्सरी थर्किन्छ, यहा“बाट कहिले भागौं जस्तो हुन्छ ।’ उनले भनिन् – ‘गायिका बन्ने रहरले पढाइ छोडेँ, परिवारसँग झगडा गरेँ । अहिले पछुतो लागेको छ ।’ घरपरिवारको जिम्मेवारी आफ्नै का“धमा भएका कारण यो क्षेत्र छोड्न नसकेको उनले सुनाइन् ।

मनोञ्जन क्षेत्रमा लामो समयसम्म काम गर्ने अधिकांशलाई कान सम्बन्धी विभिन्न रोग लाग्ने गरेको छ । महिला अधिकारकर्मी सिर्जनाका अनुसार कसैलाई मुटु थर्किरहने रोग लाग्छ । कोही मानसिक रोगी बनेका छन् ।

रातभरि काम गर्नुपर्ने भएकाले उनीहरु सुत्नै नपाउने । समयमा खान नपाउने । खान पाइहालेपनि अखाद्य चिजहरु खान दिइने पुनले बताइन् । खाने समय नमिल्दा र बासी खानेकुरा खानुपरेकै कारण अधिकांश पेटको रोगबाट प्रताडित हुने गरेको उनले जानकारी दिईन् ।

चाबहिलकी भीमा सुवेदी डान्स बारमा वेटरको काम गर्छिन् । ३३ वर्षीय सुवेदी ५ वर्षदेखि मनोरञ्जन क्षेत्रमा काम गर्दै आइरहेकी छिन् । लामो समयदेखि बारमा ठूलो आवाजमा म्युजिक सुनेकै कारण आजभोलि उनको श्रवणशक्ति क्षीण हुँदै गएको छ । ‘जतिखेर पनि कान टि…. गरेर बजिरहन्छ । सानो स्वरले बोलेको त सुन्दै सुन्दिन ।’ उनले थपिन् – ‘बत्तीहरु त्यस्तै चम्किलो र रंगीबिरंगी बाल्छन् । आँखा कमजोर हुँदै गइसक्यो ।’ रातभर बारमा काम गर्नु पर्ने हुनाले उनलाई बारमै खाना खानुपर्ने बाध्यता छ । भीमालाई अहिले मृर्गौलाको समस्या देखा परेको छ । भन्छिन् – ‘कमाएको पैसाले पेट पाल्नु कि उपचार गर्नु !’

बारमा चुरोटको धुवाँ भरिएको कोठामा काम गर्नुपर्ने, रातभरि अनिदो बस्नुपर्ने, रंगीबिरंगी बत्तीमा बसिरहुनुपर्ने कारणले गर्दा दोहोरी साँझ, डान्स बार, रेष्टुराँ लगायतका मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई महिलालाई धेरै रोगले आक्रमण गर्ने पीडितहरुले बताएका छन् ।

त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. कुञ्जन आचार्यका अनुसार आठ घण्टा भन्दा बढी ध्वनी प्रदुषणमा बस्नेलाई कान सम्बन्धी विभिन्न समस्या देखा पर्छन् । ‘जतिखेरै कान बजिरहन्छ । कानको जाली कमजोर भइ श्रवण क्षमतामा ह्रास आउँछ ।’ उनले भने – ‘कान बजेकै कारण निन्द्रा खलबलिएर कति त मानसिक रोगी नै बन्छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: