विराटनगर महानगरको कार्यपालिकामा ७ जना महिला


प्रकाशित मिति :2017-07-20 14:59:29

महिला खबर

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आएपछि विराटनगर महानगरपालिकमा २९ सदस्यीय नगर कार्यपालिकामा गठन भएको छ । जसमा महिला ७ जना रहेका छन् ।

महानगरका नगरप्रमुख र उपप्रमुख, १९ वडाका वडा अध्यक्ष, नगरसभाले चुनेका पाँच जना महिला सदस्य र दलित वा अल्पसंख्यक ३ जना गरी २९ जना गरी नगर कार्यपालिको गठन भएको हो ।

विराटनगरको नगर कार्यपालिकामा सहभागी हुने महिलामा उपप्रमुख इन्दिरा कार्की, महिला सदस्यहरुमा शीला श्रेष्ठ, सुशीला ओझा, विना मण्डल, कमला सुब्बा र चम्पा खत्री रहेका छन् । त्यस्तै दलित वा अल्पसंख्यक समुदायबाट गायत्री दास रहेकको विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो ।

७ जना महिला चुनिएसँगै विराटनगर महानगरको कार्यपालिकामा सहभागी हुने महिला २४ प्रतिशत पुगेका छन् ।

नगरसभाको निर्वाचनको अन्तिम परिणाम आएको १५ दिनभित्र प्रत्येक नगर कार्यपालिका नगरको प्रमुखको अध्यक्षतामा गठन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा २१६ अनुसार उपप्रमुख र सो नगर भित्रका वडा अध्यक्ष स्वतः सदस्य रहन्छन् ।

नगरसभाका सदस्यहरु मध्येबाट पाँच जना महिला र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित भएका तीन जना सदस्य स्वतः नगर कार्यपालिकाकोे सदस्य हुने संवैधानिक व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: