बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या


प्रकाशित मिति :2017-07-20 16:09:55

–सर्मिला बुढाथोकी–

दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर ६ को ७५ वर्षीया रमादेवी चापागाईंको पाठेघरको शल्यक्रिया गरेको ७ वर्ष भयो । शल्यक्रियापछि रमादेवीलाई हिँड्डुल गर्न, बस्न र सानो तिनो घरको काम गर्न समेत समस्या हुने गरेको छ ।

                   रमादेवी चापागाईं

उनको विवाह १३ वर्ष (६२ बर्ष अघि) मा भएको थियो । उहाँले ७ जना सन्तान जन्माउनुभयो । बालविवाह र किशोवस्थामै सन्तान जन्माएका कारण उहाँले पाठेघरको समस्या झेल्नुपर्याे ।
रमादेवीले भन्नुभयो– ‘सानै उमेरमा विवाह गरेकै कारण आङ्खस्ने समस्याले पीडित भएपछि पाठेघरको अप्रेशन गर्नु पर्याे र अहिले पनि समस्या झेलिरहेको छु ।’

विगतमा चेतनाको अभाव, सामाजिक एवं सांस्कृतिक मान्यता, सगोलको परिवारमा जनशक्तिको अभाव जस्ता कारणले सानै बालविवाह गर्ने प्रचलन रहेको थियो । बालविवाह कै कारण बृद्धावस्थामा पनि महिलाले धेरै प्रकारका प्रजनन् स्वास्थ्य समस्याको सामाना गर्नु परेको छ । चापागार्इँ सुत्केरी हुँदा राम्रो खानपानको व्यवस्था पनि नभएको र काम समेत छिट्टै गर्नु पर्ने भएकोले आङ खस्ने समस्या निस्किएको बताउनुहुन्छ ।

कालिञ्चोक गाउँपालिकाको सुन्तली थामीले पनि १२ बर्षकै उमेरमा विवाह गर्नु भयो । १६ वर्षमा पहिलो सन्तानको आमा बन्नु भएको सुन्तलीको पनि सात सन्तान छन् । चेतनाको अभावले सानै उमेरमा विवाह भएपछि थुप्रै समस्या झेल्नु परेको उहाँको भनाई छ । सानो उमेरमै विवाह गरेको कारण पाठेघरको संक्रमणले बेलाबेलामा थलिनु परेको पीडा सुनाउदै थामी भन्नुहुन्छ – ‘ज्ञान भएको भए बाउआमाले सानैमा विवाह गरिदिदैनथे होला नी !’

 सुन्तली थामी

  सन्तान जन्मिए पछि पाठेघरबाट सेतो पानी बग्ने, संक्रमणको कारण हिँडडुल गर्न र काम गर्न अप्ठेरो हुने, रक्तश्राव समेत हुने समस्या भएको थामीले बताउनुभयो । तर त्यतिबेला लाजको कारण उपचार समेत गर्न नगएको उहाँको अनुभव छ ।

कालिञ्चोक गाउँपालिकाकै हरिमाया शिवाकोटीलाई पनि सानोमा विवाह गर्नु हुन्न रहेछ भन्ने कुरा पछिमात्र थाहा भयो । ११ वर्षको उमेरमा २८ वर्षको केटासँग विवाह गरेकी हरिमायाले १७ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिनु भएको थियो ।

शिवाकोटी भन्नुहुन्छ –’अहिले पो यतिका अस्पताल आए । उति बेला खुन ओइरिने, सेतो पानी बग्ने जस्ता समस्याले झन्डै मरिएन । अहिले पनि बेला बेलामा पाठेघरमा संक्रमण हुने गरेको उहाँले बताउनुभयो । ‘

धेरै वर्ष अघि मात्रै होइन दोलखा जिल्लामा अहिले पनि बालविवाह रोकिएको छैन । यद्यपी, यि घटना सरोकारवाला निकायसम्म कम मात्रै पुग्छन् ।

महिला तथा बालबालिका कार्यालय दोलखाका अनुसार जिल्लामा आर्थिक वर्ष ०७२-०७३ मा २० वटा बालविवाहका घट्ना जानकारीमा आएको थियो । प्रहरीको सहयोगमा कार्यालयले ९ वटा बालविवाह रोकेको सुचना व्यवस्थापन अधिकृत शान्ती खड्काले बताउनु भयो ।

                 हरिमाया शिवाकोटी

खड्काका अनुसार दोलखा जिल्लामा चेतनाको अभाव, गरिबी र पछिल्लो समय फेसबुक तथा मोवाईल फोनबाट हुने सम्र्पक जस्ता कारणले बालविवाह बढेको पाईएको छ । बालविवाह गर्नेहरुमा अधिकांश १६ देखि १९ वर्ष उमेर समूहका किशोरी हुने गरेका उहाँले बताउनुभयो ।

कम उमेरमा विवाह गर्दा महिलाहरुको प्रजनन् अङ्गहरु परिपक्व नहुने भएकोले उनीहरुले मानसिक र शारीरिक समस्या भोग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । डा. मिना मर्हजनका अनुसार बालिकाको प्रजनन् अङ्ग परिपक्व नहुने भएकोले त्यस्तो उमेरमा शारिरीक सम्पर्क, गर्भाधारण जस्ता कुरामा समस्या हुने र रक्त अल्पत्ता जस्ता रोग लाग्न सक्छ ।

बालविवाह गर्दा पोषणको समस्या, कामको बोझले पछि पाठेघर खस्ने जस्ता शारीरिक समस्या समेत आउने उहाँको भनाई छ । पाठेघर खस्ने समस्यामा कतिपय महिलाहरु लाजले उपचार गर्न नजाने र त्यस्तो अवस्थामा क्यान्सरको जोखिम समेत बढ्ने उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: