पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा


प्रकाशित मिति :2017-07-20 16:48:03

महिला खबर

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले एकल महिलालाई यातायात, स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भएको छ । आर्थिक वर्ष २०७४-२०७५ को नीति तथा कार्यक्रममा पोखरा महानगरले एकल महिलाका लागि विशेष व्यवस्था समावेश गरेको हो । ‘एकल महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, टुहुरा, सीमान्तकृत र लोपोन्मुख समुदायका लागि राज्यको तर्फबाट सामाजिक सुरक्षाको ग्यारेन्टी गर्दै यातायात, स्वास्थ्य र शिक्षा सेवामा निःशुल्क गर्न आवश्यक समन्वय गरिनेछ’ महनागरको आर्थिक वर्ष २०७४-२०७५ को नीति तथा कार्यक्रममा भनिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले नीति तथा कार्यक्रममा समावेश गरेअनुसार सबै सेवाहरु प्रदान गर्ने बताउनुभएको छ । तर त्यो सेवा पुर्णरुपमा सबैमा भने लागु नुहने उहाँले जानकारी दिनुभयो । ‘कार्यक्रममा भनेअनुसार त्यो व्यवस्था हामीले लागु गर्नेछौं । तर, सबैलाई निःशुल्क गर्ने सम्भव छैन । व्यक्तिको अवस्था हेरेर निःशुल्क गर्छौं ।उपम्रमुख गुरुङले बताउनुभयो ।

उहाँले विपन्न तथा न्युन आय भएका नागरिक, फरक क्षमता भएका नागरिक, बालश्रमिक, सडक बालबालिका, हिंसा पीडित महिला, अल्पसंख्यक जाति र द्वन्द्ध पीडितको अभिलेख तीन महिना भित्र तयार पार्ने जानकारी दिनुभएको छ ।
बालबालिका र गर्भवती महिलाका लागि मोबाइल स्वास्थ्य सेवा मार्फत निःशुल्क स्वास्थ्य सेवाका प्रबन्ध गरिने पनि कार्यक्रममा उल्लेख छ । साथै गर्भवती महिला र नवजात शिशुलाई पौष्टिक आहारका लागि भत्ताको व्यवस्था गर्ने, जेष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्तामा महानगरका तर्फबाट १० प्रतिशत थप गरी घर–दैलोमा गई प्रदान गर्ने महानगरको कार्यक्रममा समावेश गरेको उपप्रमुख गुरुङले बताउनुभयो ।

त्यस्तै हरेक वर्ष विश्व जेष्ठ नागरिक दिवसको अवसरमा महानगरका सवै भन्दा जेष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिता को सम्मान प्रदान गर्न गर्ने उहाँको भनाई छ । महिला मनोचिकित्सा सेवा तथा महिला सुरक्षा घरको स्थापना गर्ने उहाँले बताउनुभयो । ‘धेरै महिलाहरु घर निकाला भएका छन् । सडकमा पुगेका र मानसिक समस्या देखिएका महिलाहरुका लागि मनोचिकित्सा सेवा र महिला सुरक्षा गृहको स्थापना गर्ने छौं ।’ उपप्रमुख गुरुङले भन्नुभयोे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: