तीन महिला मृत भेटिए


प्रकाशित मिति :2017-07-21 12:41:28

महिला खबर

सुनसरी । तीन जना पूर्वेली महिला मृत भेटिएका छन् । झापाको भद्रपुर नगरपालिका ९ देवकोटा चोक बस्ने अन्दाजी ३५ वर्षकी यमुना नेपाल मृत भेटिनु भएको छ ।

साउन ३ गते घरबाट माईती घर सुनसरीको सदरमुकाम ईनरुवा जान्छु भनी हिँडेकी यमुनाको शव भारतको बिहारमा भेटिएको हो । विहार स्थित ठाकुरगञ्ज जाने बस पार्क नजिकै चियाबगानमा उहाँको शव फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी मोरङको केराबारी गाउँपालिका ८ आमजुङ्गे बस्ने ४० वर्र्षीया गीता खवास सोही ठाउँको धान खेतमा मृत भेटिनु भएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिक पनि मृत अवस्थामा भेटिनुभएको छ । माईतीबाट फर्कने क्रममा सम्पर्क विहिन बिकको शव जन्तेढुंगा गाउँपालिका–३ काहुलेस्थित नेप्टे जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: