किनमेल गर्ने श्रीमतीहरुका लागि चीनमा ‘श्रीमान् भण्डार’ कक्ष


प्रकाशित मिति :2017-07-21 14:15:03

एक रिर्पोट अनुुसार चीनमा श्रीमतीहरुलाई किनमेलको लागि प्रोत्साहन गर्न ‘श्रीमान् भण्डार’ इकाईको स्थापना गरिएको छ । द पेपेरको अनुसार साङ्घाइको ग्लोबल हारबर किनमेल केन्द्रमा श्रीमतीहरुले शिशाका साना कोठाहरुमा किनमेल गर्ने इच्छा नभएका तथा चिढचिढेका श्रीमान्हरुलाई छोडने गरेका छन् ।

प्रत्येक ‘भण्डार’ कोठामा एउटा कुर्सी, कम्प्युुटर र विद्युतीय खेल सामग्रीहरु छन्, जहाँ बसेर १९९० शताब्दीका पुराना खेलहरु खेल्न सकिन्छ । यहाँका एक कार्मचारीले पत्रिकालाई जनाए अनुसार हालको लागि यो सेवा निःशुल्क गरिको छ । तर आउँदो महिनाहरुमा सेवाग्राहीहरुले आफ्नो मोबाइलबाट कोड प्रयोग गरेर सेवा लिन सक्नुहुने छ । यो सेवा प्रयोग गरिसकेका केही पुरुषले द पेपरलाई यो प्रविधि र व्यवस्था नौलो र राम्रो भएको बताएका छन् ।

मिस्टर याङ भन्नुहुन्छ यो व्यवस्था ‘एकदमै राम्रो छ । मैले भरखरै ‘टिक्केन ३’ खेलें र म विद्यालयमा फर्केछु भन्ने अनुभाव गरें ।’ अर्को प्रयोगकर्ता मिस्टर यू याङको कुरालाई सहमत गर्दै भन्नुहुन्छ त्यहाँ सुधार गर्ने धैरै ठाउँहरु छन् । जस्तै त्यहाँ तापक्रम व्यवस्थापनको सुविधा छैन । ‘म ५ मिनट खेल्नको लागि बसें र पसिनाले निथु्रक्क भिजें ।’

चिनिया सामाजिक सञ्जालमा यस विषयमा धैरै ठट्यौली भएको छ र यसलाई बिस्तार गर्ने कि नगर्ने भनेर ठूलो बहस चलेको छ ।

साभार : बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: