सरकार ! न्याय त दिएनौ, बुढेसकालमा बाँच्ने आधार देउ


प्रकाशित मिति :2017-07-21 16:43:41

-अप्रिल अधिकारी –

रामेछाप । जिल्लाको लिखु गाउँपालिका ७, की दिलमाया बुढाथोकीले द्वन्द्वको समयमा श्रीमान् गुमाएको झण्डै १५ बर्ष पुग्न लागि सकेको छ । श्रीमान्को मृत्यु पश्चात दुःखसाथ घर व्यहार धानिन् । छोराछोरी हुर्काइन, पढाइन र गरेर खान सक्ने बनाइन् ।

शसस्त्र द्वन्द्व रोकिएपछि उनमा आशा थियो – ‘सरकारले श्रीमान्को हत्यारा पहिचान गरिदेला । हत्या गर्नेलाई कारबाहीको दायरामा ल्याउला ।’ तर उनको आशा पूरा भएको छैन । जति दिन बित्दै गयो त्यतिकै बुढ्यौलीले छुँदै गएको छ । अहिले दिलमायाको मनमा न्यायको आशा मर्न थालेको छ ।

उनका श्रीमानलाई २०५९ भाद्र १८ गते तत्कालिन बिद्रोही पक्षले हत्या गरेको थियो । उनका श्रीमानसँगै तिल्पुङका अन्य ३ जना सर्वसाधारणको समेत विद्रोही पक्षले हत्या गरेको थियो ।
श्रीमान्को हत्यारालाई कार्वाही होला भन्ने आशामा रहेकी दिलमाया बुढाथोकी यतिबेला निराश देखिन थालेकी छिन । उनले भनिन् – श्रीमान वितेको नै यतिका वर्ष भइसक्यो । माओवादी पनि लडाईं छाडेर सरकारमा गएको समेत यतिका वर्ष भयो खै केही भएन । अब त सबै आशा मरि सकेको छ ।

श्रीमान भएको भए बुढेसकालको साहरा र भरोसा हुने थिए । दुबै भएको भए केही गर्ने आँट आउने थियो । तर बुढ्यौलीमा एक्लो हुँदै बाँच्ने आधार पनि नभएको उनको गुनासो छ । राज्यले प्रदान गरेको राहत बापत उनले हाल सम्म १० लाख रकम बुझेकी छिन । पछिल्लो पटक एकमुष्ठ दिएको ५ लाख बैकमा राखेर बुढेसकालको बाच्ने सहारा बनाउने सोच उनको छ । श्रीमान्को हत्या गर्नेलाई कारबाही गरे मनमा शान्ती हुनेथियो । अब केही नभएपछि राहतलाई बुढेसकालको बाँच्ने साहारा बनाउने सोच रहेको सुनाइन ।

जिल्लामा रहेका अधिकांश मृतक र बेपत्ता व्यक्तिका पत्नी तथा परिवारको अवस्था दिलमायाको भन्दा फरक छैन । मृतकका परिवार पीडक कारबाही भएको हेर्न चाहन्छन् । बेपत्ताका परिवार भने हराएको आफ्नो मान्छे फर्किन्छ कि भन्ने आशा दिन बिताइरहेका छन् ।

हर्कमाया बुढाथोकीले पनि दिलमायासँगै श्रीमान् गुमाउनु परेको थियो । श्रीमानसँगै आफुले पनि थिलथिलो हुने गरी कुटाइ खाएकी थिईन् । मरी भनेर छाडेर हिँडेका थिए । पछि धन्न बाँचे उनले भक्कानिदै विगत सम्झिइन् । श्रीमानको हत्या भएपछि संघर्ष गर्दै यहासम्म आइयो । अब त केही गर्न सक्ने अवस्था छैन । उनले भनिन् – यो बेला झन एक्लो महशुस हँुदो रहेछ ।’

हर्कमायाको पनि एउटै माग छ – श्रीमान्को हत्यारालाई कारबाही । तर, आशा चाँही मर्दै गएको छ । बाध्यता ! उनी पनि श्रीमान्को जीवनको मूल्य स्वरुप राज्यले दिएको १० लाख रुपैयाँलाई जीउने आधार मान्न विवश छिन् । एकै घटनामा श्रीमान गुमाएकी कृष्ण कुमारी आलेको पनि पीडितलाई राज्यले पैसामा किनेर उचित न्याय नदिएको आरोप छ ।

शान्ति सम्झौता पश्चात द्वन्द्व पीडितलाई उचित सम्बोधन गर्ने उद्देश्यका साथ राहत पुन निर्माण र द्वन्द्व व्यवस्थापन गर्नका लागि शान्ति तथा पुन निर्माण मन्त्रालय स्थापना गरियो । उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्दै १२ मन्त्री र २ राज्य मन्त्री आए । धेरै सरकारहरु परिवर्तन तर पिडितको न्यायका कुरा कतै बाट हुन सकेन ।

उनीहरु जस्तै द्वन्द्वको समयमा श्रीमान् गुमाएका पत्नीहरुले पछिल्लो समय न्यायको आशा मारेर जीवन जीउन साहारा खोज्न थालेका छन् । न्याय खोज्दा खोज्दै बुढेसकालले छोइ सक्यो । अब त न्याय भन्दा जीवन जीउने सहरा खोज्नु पर्ने अवस्था भयो तिल्पुङ घटनामा हत्या गरिएका झपड बुढाथोकीको श्रीमती झम्का बुढाथोकीले बताइन् ।

रामेछापमा द्वन्द्वमा जीवन गुमाउने सर्वसाधारण १ सय ५७ जना र सुरक्षाकर्मी ५३ जना गरी २ सय १० जना रहेका छन् । भने १९ जना बेपत्ता रहेको स्थानीय शान्ति समिति रामेछापले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: