महानगरमा न्यायिक समितिमा २ महिला


प्रकाशित मिति :2017-07-21 17:13:08

-महिला खबर-

ललितपुर । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनपछि गठित काठमाडौं र ललितपुर महानगरको न्यायिक समितिमा २÷२ जना महिला चुनिएका छन् ।
३ सदस्यीय समितिमा उपप्रमुखको संयोजकत्वमा एक महिला र एक पुरुष चयन गरिएको हो । धारा २१७ ले न्यायिक समितिमा दुई जना सदस्य मध्ये महिला ल्याउने वा नल्याउने केही नबोलेको भएता पनि सोही व्यवस्थालाई टेकेर काठमाडौं र ललितपुर महानगरले एक÷एक जना महिला ल्याएको हो ।

काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा महानगरका उपप्रमुख हरिप्रभा खड्कीकोे संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भएको छ । जसमा बबी परिवार र सरोज ढकाल सदस्य रहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । काठमाडौं महानगरको न्यायिक समितिमा २ जना महिलाको सहभागिता रहेको छ ।

ललितपुर महानगरपालिकामा पनि उपप्रमुख गीता सत्यालको संयोजकत्वमा सीता महर्जन र ज्ञानभक्त डंगोल सदस्य रहेका छन् । ललितपुरमा पनि २ जना महिला न्यायिक समतिमा रहेका छन् ।

ललितपुरका उपप्रमुख सत्यालले न्यायिक समितिले साना विवाददेखि अशंवन्डाका विवाद हेर्ने बताउनुभयो । ‘कानुन नबनेकोले अधिकार स्पष्ट नभएपनि साना विवादहरु जस्तै बहालमा बस्ने व्यक्तिवीचको विवाद, बाँध, कुलो, पोखरी वा पानीको बाँडफाँड जस्ता विवाद सामाधान गर्ने हो’ उपप्रमुख सत्यालले भन्नुभयो ।

नगर वा गाउँपालिकाका उपप्रमुख स्वतः न्यायिक समितिको संयोजक हुने संवैधानिक व्यवस्था अनुरुप नगरका उपप्रमुख न्यायिक समतिका संयोजक भएका हुन् ।

संविधानको धारा २१७ अनुसार आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिका, नगरपालिकाले प्रत्येक गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहनेछ । समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित दुईजना सदस्य रहने व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: