परिवारबाट फालियो, जीवन गुजार्न भीख


माग्दै जीवन गुजार्छन् बेसहारा बृद्धा

प्रकाशित मिति :2017-07-23 16:53:41

–निलिफा सुब्बा –

सुनसरी । ६५ वर्षकी पार्वती पाण्डे बोरा बिच्छ्याएर सडक पेटीमा बसेकी छिन् । हातमा कचौरा छ । मन्दिर दर्शनको लागि कोही आउने बित्तिकै आशाको तिनैतिर नजर फ्याँक्छिन् । कसैले एक दुई रुपैयाँ फलिदिन्छन् । जतनसाथ बटुल्छिन् । किनकी त्यही रुपैयाँले नै उनको जीवन गुजार्नुपर्छ ।

माथिको दृष्य धरानको बुढासुब्बा मन्दिरको हो । यस्ता दृष्य यहाँ मात्रै होइन धरान लगायत देशैभरका धेरै स्थानमा देखिन्छन् । बृद्धावस्था मानिसको विशेष रेखदेख पाउने समय हो । तर पार्वती भने काम गर्न नसक्ने अवस्थामा मागेर गुजारा गर्दै छिन् । पार्वतीलाई ‘माग्ने’ भएर जीउन कत्ति पनि रहर छैन । तर, बाध्यता छ ।

आफ्नो बाध्यता सुनाउँदै भन्छिन् – ‘श्रीमान् हुँदासम्म जीवन राम्रोसँग चलेको थियो । परिवारमा सबैले राम्रो व्यवहार गर्थे । श्रीमानको मुत्यु भएपछि मेरोपनि जीवनमा दुःखको दिन शुरु भयो । एउटी छोरी थिए उनको बिहे भएपछि त्यो छोरीबाट पनि साहारा पाउन सकिन । घरपरिवार र आफन्त कसैले पनि हेरेनन् । खान नै नपाउने दिन आउन थाल्यो । अनि बाध्य भएर ‘माग्ने’ हुन पुगें ।’

पार्वती मन्दिरमा दर्शनार्थीको चाप हुने समय बिहान बेलुका माग्छिन् । बुढासुब्बा दर्शन गर्न आउने भक्तजनले दिएको चामल पैसाले नै जीवन चलेको बताउँछिन् । सुरु सुरुमा माग्न असहज लागेपनि पार्वती यहि जीवनमा नै अभ्यस्त हुन थालेकी छिन् । रोजीरोटी जुट्ने यहि तरिका नै आफ्नो भागमा लेखिएझैं उनलाई लाग्छ ।

धरानका विभिन्न मन्दिरमा लामो समयदेखि मगन्ते जीवन बिताउँदै आएकी मनमाया गिरी (राई)को पनि सडकसम्म आउनुको आफ्नै कथाव्यथा छन् । ७० वर्षकी उनलाई बुढेसकालमा सन्तानले बनाएर दिएको मिठो मसिनो खाने । रेखदेखमा जीवन जीउने रहर पक्कै छ । तर, सडकमा फालिईन् । मनमायाको अनुभवले भन्छ – ‘बाध्यताले मान्छेलाई मगन्ते बनाई दिँदोरहेछ ।’ अहिले उनी धरानको पिडेश्वर मन्दिरमा बिहान र बेलुकी मागेर नै जीवन चलाउँछिन् ।

दिनभरी मागेर बेलुकी सन्यसीको कुटीमा बस्ने उनले बताईन् । उनले थपिन् – सम्पत्ती र घरपरिवार नभए पछि सबैको हेला हुँदो रहेछ । अहिले मागेर आश्रममा बस्नुपर्छ ।’ श्रीमानले दोस्रो विवाह गररे हेंला गर्न थालेपछि एक्लो जीवन गुजार्न माग्नुपरेको उनको भनाई छ ।

श्रीमान् र एक मात्र छोरी गुमाएपछि एक्लीएकी सर्लाहिकी ७० वर्षीया अलिसा खातुनको गुजारा पनि सडकमै आइपुगिन् – माग्ने बनेर । श्रीमान् र माया गर्ने छोरी दुवै गुमाए पछि धरानको पिण्डेश्वर दन्तकाली मन्दिर त कहिले सडक पेटी उनको जीवन चलाउने आधार हो ।
घर परिवारबाट एक्लिए पछि जेष्ठ नागरिकका सहारा सरकार बन्नुपर्ने हो । सरकार भएर पनि खातुन भने सरकार बिहीन जस्तै बने कि छिन् । उनीसँग नागरिकता छ । तर सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउँदिनन् । भत्ता लिन कहाँ जाने उनलाई थाहा छैन । न त कसैले सुझाई दिएका नै छन् । त्यसैले उनी मागेरै दैनिक छाक जुटाउन बाध्य छिन् ।

यि महिला त प्रतिनिधि मात्रै हुन् । छोराछोरीकोे अपहेलनामा परेर होस वा विरत्तिएर त्यस्ता जेष्ठ महिलाहरुको जीउने थलो भने सडक पेटी वा मन्दिर वरपर नै बन्ने गरेको छ ।

 धरानका समाजसेवी सुनिल बन्टी अग्रवाल भन्छन् – ‘छोराछोरी नै गैर जिम्मेवार बनेपछि वृद्ध महिलाको व्यवस्था सरकारले गर्नुपर्ने हो । मागेर जीवन चलाउने महिलाका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने हो ।’

महिला, बालबालिका र अपाङ्गगहरुका लागि काम गरेको बताए पनि धरान महानगरपालिकाले सडकसम्म आइपुगेका महिलाका व्यवस्थापनको लागि केही कार्यक्रम बनाउन सकेको छैन ।

धरानमा माग्नेहरु देखिनु महानगरपालिकालाई समान्य नै लाग्छ । धरान महानगरपालिकाका समाज कल्याण अधिकृत सुनिल नेपाल अन्य निकायमा ध्यान पुगे पनि पारीवारिक तिरस्कारका कारण माग्ने बाध्यतामा परेका वृद्धा महिलाहरुलार्इृ व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्छन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: