उपचार अभावमा ब्रेन ट्युमर पीडित टिकामाया 


दुवै मृगौला फेल भएर ८ महिना अघि श्रीमान गुमाएका टिकामायासगँ अहिले सम्पतिको नाममा एउटा छोरा मात्र छ

प्रकाशित मिति :2017-07-23 17:16:55

सर्मिला बुढाथोकी

दोलखा । खोटाङ जिल्ला स्थाई घर र दोलखाको तामाकोसी गाँउपालिका स्थित च्यामा माइती भएकी ब्रेन ट्युमर पीडित टिकामाया गिरी आर्थिक अभावका कारण अहिले काठमाडौंको ट्रमा सेन्टरको बेडमा छटपटाई रहनु भएको छ ।

५० वर्षिया टिकामाया घरको छतबाट लडेर घाईते भएपछि यही साउन २ गते ट्रमा सेन्टरमा उपचारका लागि भर्ना हुनु भएको थियो । स्वास्थ्य जाँचको क्रममा उहाँलाई ब्रेन ट्युमर भएको पाइएको टिकामायाका आफ्न्त ज्योति केसीले बताउनुभयो ।

टिकामायाको श्रीमान टिकाबहादुरको ८ महिना अघि दुवै मृगौला फेल भई उपचारको क्रममा मुत्यु भैसकेको छ । श्रीमानको उपचारमा भएको सबै जायजेथो बेची सकेको गिरीसँग अहिले सम्पतिको नाममा केही छैन । अस्पतालमा उपचारको प्रतिक्षामा छटपटाई रहनु भएको टिकामायाले आफुलाई उपचारमा सहयोग गर्न दाताहरुसंग अनुरोध गर्नु भएको छ । उहाँको एक १८ वर्षिय छोरा छ ।

टिकामायालाई सहयोग गर्न चाहानेलाई फोन नम्वर ९८४९६३७०६९ मा सम्पर्क गर्न सक्ने वा प्रभु बैंकको खाता नम्बर ०१८०१०००३६६२२८०००००१ म (डिएफ) मा सहयोग रकम जम्मा गरिदिन समेत केसीले आग्रह गर्नुभएको छ

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: