अधिकारीको बालकथा संग्रह विमोचन


प्रकाशित मिति :2017-07-23 18:01:04

–महिला खबर–

काठमाडौं । पत्रकार तथा साहित्यकार यशोदा अधिकारीको बालकथा संग्रह ‘जुरेली र मयुर’ को लोकार्पण गरिएको छ ।  कृतिको एक समारोहकाबीच साझा प्रकाशन पुल्चोकमा प्रमुख अतिथि तथा साहित्यकार प्रदिप नेपाल, बाल साहित्यका इतिहासकार प्रमोद प्रधान, अन्नपूर्ण पाेषट राष्ट्रिय दैनिकका बालपृष्ठ अ‌कुरका संयोजक रामकला खड्का र पत्रकार अनन्त वाग्लेले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।

रेडियो नेपालमा कार्यरत पत्रकार तथा साहित्यकार अधिकारीको यस पुस्तकका कथाहरुमा कलाकार राजकुमार प्रजापतिले चित्र बनाउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार प्रदिप नेपाल, पत्रकार अनन्त वाग्ले, साहित्यकार प्रमोद प्रधान, साझा प्रकाशनका अध्यक्ष डोलेन्द्र शर्मा, अन्नपूर्ण राष्ट्रिय दैनिकका अ‌कुरपृष्ठ संयोजक रामकला खड्का लगायतले कृतिमाथि समिक्षा गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले बाल साहित्य नयाँ पुस्तामा आकर्षणको विषय भएको भन्दै उमेरगत आधारमा बाल साहित्य लेखिनुपर्ने बताउनुभयो ।
पत्रकार तथा साहित्यका अधिकारीले यो बालकथा ५ वर्षदेखी १२ वर्ष उमेर समूहका बालबालिकाका लागि उपयुक्त भएको बताउनुभयो ।

 २१ पृष्ठकाे यो  पुस्तकमा हजुर आमाको गहना, जुरेली र मेयुर लगायत ७ वटा बालकथा समावेश गरिएको  छ ।  यस भन्दा अघि उहाँका निषेधविरुद्ध (कवितासङ्ग्रह), अस्विकार (कवितासङ्ग्रह), संसार हल्लाउने एक सय एक सङ्घर्षशील नारीहरु (जीवनीसंग्रह ) र क ख गीत (बालकविता संग्रह ) प्रकाशित भैसकेका छन् । जुरेली र मयुर (बालकथा सङ्ग्रह ) अधिकारीको पाँचौ कृति हो । उहाँ सञ्चारिका समूहको कोषाध्यक्ष पनि हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: