राजुदेवी दमाईलाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-07-24 10:20:29

महिला खबर

काठमाडौं । कैलाली बौनिया कट्टेपुलकी राजुदेवी दमाई (४१) ले श्रीमानको उपचारका लागि ११ हजार रुपैया सहयोग प्राप्त गरेका छन् ।

राजुदेवीका श्रीमान् गौरीको मृगौला, मुटु र फोक्सो खराब भएपछि उपचारका लागि आर्थिक अभाव भएको समाचार खबर महिला खबर डट कमले प्रकाशन गरेपछि सहयोग जुटेको हो ।

समाजसेवी विदुषी राणाले पाँच हजार, गायिका तथा शिवदर्शन फिल्म प्रा.लिका प्रबन्धक गायात्री थापाले दुई हजार, नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल एक हजार पाँच सय,प्रध्यापक भवाना बम एक हजार र कैलाली स्थायी ठेगाना भई काठमाडौंका बस्ने तिन जना विद्यार्थीहरुले एक हजार पाँच सय रुपैया सहयोग गरेका गरेका हुन् ।

सो सहयोग श्रीमानको उपचारमा थोरै भएपनि सहयोग मिल्ने राजुदेवीले बताइन् । श्रीमान रोगले थलिएपछि राजुदेवी उपचार खर्च जुटाउन भन्दै दिनहूँ काठमाडौंका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा धाइरहेकी छन् ।

पैसा नभएकै कारण उपचार गराउन नसकेको उनले बताइन् ।

‘दबाई नअरेपछि बुढा मर्न्या हुन्’

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: