गोरखापत्र संस्थानको नि.महाप्रवन्धकमा अधिकारी


प्रकाशित मिति :2017-07-24 12:36:36

महिला खबर

काठमाडौं । गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकमा वरिष्ठ पत्रकार ए‍व संचारिका समूहकी सदस्य हरिकला अधिकारीले कार्यभार सम्हाल्नु भएको छ ।

गोरखापत्र दैनिकका प्रवन्ध सम्पादक समेत रहनुभएका अधिकारीले आइतबारदेखि गोरखापत्र संस्थानको नि.महाप्रबन्धकको जिम्मेवारी सम्माल्नुभएको हो ।

अधिकारी गोरखापत्र संस्थानमा पहिलो महिला महाप्रबन्धकका रुपमा नियुक्त हुनुभएको हो । उहाँ गोरखापत्र संस्थानको ११ तहको प्रबन्ध सम्पादक हुनुहुन्छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आइतबार गोरखापत्र संस्थानलाई लेखेको पत्रअनुसार महाप्रबन्धक सुशील कोइरालाको चार वर्षे सेवा अवधि साउन ५ बाट सकिएकाले संस्थानको कर्मचारी सेवा शर्त विनियमावली २०५२(संशोशनसहित) अनुसार अधिकारीले निमित्त महाप्रबन्धकको जिम्मेवारी लिनुभएको हो ।

निमित्त महाप्रवन्धक अधिकारीले संस्थान विनियमावलीको विनियम ४५ बमोजिम कार्यालय प्रमुखको अधिकार प्रयोग गर्नुभएको संस्थान प्रशासनले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: