नगरपालिकाले दियो स्वस्थ्य स्वयंसेविकालाई दराज


प्रकाशित मिति :2017-07-24 15:23:46

महिला खबर संवाददाता

रामेछाप साउन ९ । मन्थली नगरपालिकाले मन्थली नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दराज दिएको छ । नगरपालिकाले नगरको वडा नं १ र २ का गरी १५ जनालाई दराज हस्तान्तरण गरेको हो ।

स्वास्थ्य स्वयंसेविकाहरुले प्रयोग गर्ने औषधी लगायतका औजार तथा उपकरणहरु समेत सुरक्षित रहने भएकाले नगरपालिकाले दराज प्रदान गरेको जनाएको छ । उनीहरुको सम्मान र काम गर्न प्रोत्साहन गर्दै नगरले यस्तो कार्यक्र गरेको नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो । नगरको यस अघि ७ वटा गाविस समावेश रहँदा नगरले गरेको निर्णय बमोजिम १ सय १ जनालाई दराज हस्तान्तरण गर्न लागेको हो । पछि थपिएका ७ गाविसका लागि दराज अर्डर भइसकेको मन्थली नगरपालिकाका अधिकृत पुरुषोतम सापकोटाले जानकारी दिनु भयो ।

मन्थली १ र २ न. वडाका स्वयंसेविकालाई नगर प्रमुख रमेश बस्नेत र उप प्रमुख माया कार्कीले प्रदान गर्नु भएको थियो । यसअघि स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य सामग्रीहरु झोलामा राख्ने र बोकेर हिँडने गर्नु पथ्र्यो । अब भने दराजमा सबै सामान सुरक्षित र व्यवस्थित गरेर राख्दा औषधी र प्रयोग गर्ने उपकरणहरु सुरक्षित हुने तुलसीमाया भुजेलले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: