मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला नभए आन्दोलन गर्ने महिला संघको चेतावनी


प्रकाशित मिति :2017-07-24 15:49:48

महिला खबर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेसकै सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् र उनी भोलि(बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर संघकी अध्यक्ष उमा रेग्मीले २५ फुल मन्त्री मध्ये एक तिहाई महिला नभए सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएकी हुन् । ‘हामीले विगतदेखि सरकारमा महिला सहभागिता बारे जोड दिर्दै आएका छौं,’ उनले भनिन्, अहिले हाम्रै पार्टी सरकारमा छ, माओवादीको सहभागिता छ, दुई पार्टी महिला सहभागिताबारे गम्भिर हुनुपर्छ ।’

दलहरुले लगभग मन्त्री छानिसके, दबावले कति काम गर्ला भन्ने प्रश्नमा अध्यक्ष रेग्मीले भनिन्, ‘अहिले फलाम तातेको छ, हामी घन बजाउँछौं, घन सही ठाउँमा प्रहार गर्छौं ।’ आफूहरुकै आन्दोलनका कारण स्थानीय तह निर्वाचनमा महिला सहभागिता बढेको उनको दाबी छ ।

उहाँले यसअघि पनि पटक पटक पार्टीका सभापति तथा प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रीपरिषद्मा महिलाको संख्या कम्तिमा ३३ प्रतिशत समावेश गर्न अनुरोध गरेको समेत बताउनुभयो । पत्रकार सम्मेलनमा महिला नेतृहरुले मन्त्रीमण्डलमा ३३ प्रतिशत अनिवार्य सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।

यसअघि पनि अन्तरपार्टी महिला सञ्जाल, संसदको महिला समिति लगायतले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्रीपरिषद्मा कम्तिमा ३३ प्रतिशत महिला सहभागी गराउन अनुरोध गरेका थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: