उपचार अभावमा क्यान्सर पीडित मर्ने नपरोस्ः ट्रष्ट अध्यक्ष राणा


वीरमा ‘शाइल कुमार उपाध्याय र करेन बास ट्रष्ट’ स्थापना

प्रकाशित मिति :2017-07-24 17:47:17

महिला खबर

काठमाडौं । वीर अस्पतालमा क्यान्सर रोगको औषधी उपचार गर्ने नसक्ने विपन्न वर्गका लागि ‘शाइल कुमार उपाध्याय र करेन बास ट्रष्ट’को स्थापना गरीएको छ ।

ट्रष्टका अध्यक्ष विदुषी राणाले आर्थिक रुपमा महंगो मानिने क्यान्सर रोगबाट कुनै पनि विपन्न वर्ग औषधी उपचारबाट बन्चित हुन नपरोस् भनी ट्रष्टको स्थापना गरेको बताउनुभयो ।

ट्रष्टको रकम ३५ लाख रुपैया रहेको छ । उक्त रकम राणाले आज एक समारोहका बीच वीर अस्पताल नेशनल ट्रमा सेन्टरलाई हस्तान्तरण गर्नुभएको छ । ट्रष्टमार्फत क्यान्सर रोगीहरुको किमोथेरापी औषधी प्रदान गरिने जनाएको छ ।

‘आर्थिक रुपमा विपन्न क्यान्सर रोगीहरुलाई लक्षित गरी किमोथेरापी आषौधी प्रदान गर्नु यो ट्रस्टको उद्देश्य हो’ अध्यक्ष राणाले भन्नुभयो । स्वर्गीय अंकल शाइलकुमार र आन्टी करेन बासको नाममा यो ट्रष्टको स्थापना गरेको उहाँले बताउनुभयो ।

‘मेरो अकंल जो न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको कूटनीतिज्ञ पनि हुनुहुन्थ्यो । उहाँकी गर्लफ्रेंन्डलाई फोक्सोको क्यान्सरले भएको थियो । क्यान्सर रोग लागेपछि आन्टीको मृत्युभयो । उहाँको मृत्युलाई सशन गर्ने नकेर अंकलको पनि सात महिनामा मृत्यु भयो । त्यसैले उहाँहरुको नाममा यो ट्रष्टको स्थापना गरेको हो’ अध्यक्ष राणाले भन्नुभयो ।

कुनै पनि विपन्न व्यक्ति जो उपचार अभावको कारण मर्ने नपरोस् भनेर त्यस्ता व्यक्तिका लागि यो ट्रस्टले सहयोग गर्ने उहाँले बताउनुभयो । ‘कुनै पनि विपन्न व्यक्ति आर्थिक अभावकै कारणले औषधी उपचार गर्ने नसकेर मर्ने नपरोस् भनेर यो सहयोग गरेकी छु । मेरो सहयोगले कुनै विपन्न व्यक्तिको जिवन रक्षा भएमा मेरा अंकल आन्टी खुसी हुने छन्’ अध्यक्ष राणाले भन्नुभयो ।

उहाँले नेपालमा विपन्न वर्गले सामान्य उपचार पनि नपाएको थाहा पाएपछि उनीहरुका लागि केही गर्नुपर्छ भन्ने लागेर ट्रष्टको स्थापना गरेको बताउनुहुन्छ ।

‘नेपालमा धेरै विपन्न व्यक्तिहरु छन् जो सामान्य उपचार पनि पाउन सकिरहेका छैनन् उनीहरुलाई देखेर केही गर्नुपर्छ भन्ने लागेर यो कोष स्थापना गरेकी हुँ’

उहाँले यो सेवा पाउनका लागि कुनै पनि सिफारिस,नागरिकता,विपन्न भएको प्रमाण नचाहिने बताउनुभएको छ । उहाँले ट्रष्टमा समिति छ जसले क्यान्सर रोगी जो विपन्न छ भन्ने नियर्ण गर्छ त्यसले सो सेवा पाउन सक्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: