छाउपडी भनेको सुन्दै अचम्म मान्छन् तराईबासी


प्रकाशित मिति :2017-07-25 10:38:46

– यमुना खनाल –

सिरहा । नेपालको सूदुर तथा मध्य पश्चिमका जिल्लाहरुमा महिनावारी भएको बेला महिलाहरु छुट्टै ठाँउमा बनाएको गोठमा बस्नुपर्छ र यो प्रथालाई छाउपडी भन्छन् भन्ने सुन्दै पुर्बी तराईबासीलाई अचम्म लाग्छ । सूदुर र मध्य पश्चिममा छाउगोठ र राजधानी काठमान्डौ लगायतका शिक्षित ठाँउमा पनि महिनावारी हुँदा छुट्टै ठाउँमा बस्ने चलन कायमै छ ।

मधेशी समुदायले महिनावारीलाई सामान्य रुपमा लिन्छन् । लहान नगरपालिका, १ की सुधा यादब भन्नुहुन्छ– ‘हामीलाई महिनावारीको समयमा छुटै बस्नुपर्छ, छोएको खानु हुदैन भन्दा अचम्म लाग्छ ।’उनले थपिन् –‘हामीहरु छुवाछुत बर्दैनौ, महिनावारी भएपनि सवैका लागि खाना बनाउँछौ । सासु ससुरालाई खुवाउछौ । घर भित्रै बस्छौ । घर लिपपोत पनि गछौं । तर छोएकै नखाने, मुखै हेर्न नहुने गरि छुट्टै गोठमा बस्नुपर्छ भन्ने सुन्दा अच्चम लाग्छ ।’

महिनावारी हुँदा छोईछिटो गरे देउता रिसाउँछन्, भुत लाग्छ भन्ने कुरा तराईबासी मान्दैनन् । तर कतिपयले महिनावारी भएको समयमा पूजाआज चै गर्दैनन् । सिरहाको मौवाहीकी ३५ बर्षिया बिनिता यादब आफुले महिनावारी भएकै कारण छुट्टै बस्नु नपरेको बताउनु हुन्छ । ‘छाउपडी के हो हामीलाई त थाहा पनि छैन ।’ हामी पनि हिन्दु नै हौ । महिनावारी नबार्दा खोई हाम्रो त देउता रिसाएको पनि छैन ।’ बिनिताले भनिन् । युवाले मात्र होईन तराईका पाको पुस्ताले पनि महिनावारीलाई सामान्य प्रकृयाका रुपमा बुझेका न्छ ।

सिरहाको गोल बजार नगरपालिका, २ का ७८ बर्षिया बुद्धिजीबि तथा समाजसेबी देब नाथ शाह महिलाहरुमा हुने महिनावारीलाई नियमित प्राकृतिक चक्रका रुपमा बुझेको र सबैले त्यति मात्र बुझ्नु पर्ने बताउनु हुन्छ । ‘देउता रिसाउनु पर्ने भए त हाम्रो पनि रिसाउनु पर्ने, खोई अहिलेसम्म महिनावारी नबार्दा हामीलाई केही भएको छैन, शाह भन्नुहुन्छ–‘महिनावारी नै भएन भने बच्चा नै हुदैन सृष्टि नै चल्दैन यो त प्राकृतिक कुरा हो ।’ घरबाहिर निकालेर छाउ गोठमा राख्नु अन्ध बिश्वासको परिणम सम्झने शाह पुराना रुढबादी बिचारलाई छोड्नुपर्र्ने सुझाब दिनुहुन्छ ।

हिन्दु धर्म शास्त्र एबं ग्रन्थहरुले पनि महिनावारी हुँदा छुट्टै बस्नु पर्छ भनेको छैन । महिनाबारी हुँदा महिलाको शारारिक रुपमा देखिने अलस्यता, दुखाई तथा कमजोरीका कारण अलिकति अलग्गै बस्ने कुरा सामान्य भए पनि यसरी ज्यानै जोखिममा पार्ने गरी छुटै घरमा बस्नुपर्ने, मुखै हेनु नहुने, अछुतको व्यवहार गर्नु कदापि राम्रो हैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: