दोलखामा शारीरिक हिंसा भोग्ने महिला बढि


प्रकाशित मिति :2017-07-25 13:08:25

-सर्मिला बुढाथोकी-

दोलखा । गएको दुई वर्षमा दोलखामा ३१ जना महिलाले यौनजन्य हिंसा भोग्नुपरेको तथ्याङ्क सार्वजनिक भएको छ । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले सेवा दिएका महिला तथ्याङ्क अनुसार जिल्लाका ३१ जना यौनजन्य हिंसाबाट प्रभावित भएका हुन् ।
ओसीएमसीका फोकल पर्सन जेनी श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा बढि भने कुटपीट, यातना लगायत शारीरिक हिंसा भोग्ने महिला छन् । एक वर्षमा कुल सेवा लिएको १ सय २९ जना महिला मध्ये ७३ जनाले शारीरिक हिंसा भोगेको उहाँले जानकारी दिनुभयो ।

०७२ माघदेखि ०७४ असार मसान्तसम्ममा, मानसिक यातना पाएका १७ जना, मानव बेचविखनका १ जना, घरेलु हिंसाका ६ जना र बोक्सीको आरोप लागेको १ जना गरी १ सय २९ जना रहेको ओसीएमसीका फोकल पर्सन श्रेष्ठले जानकारी दिनु भयो । त्यसरी सेवा लिनेमा ०७२ माघ देखि ०७३ असार मसान्तसम्म ३१ जना र ०७३ साउन देखि ०७४ असार मसान्तसम्म ९८ जना रहेको श्रेष्ठले बताउनु भयो ।
हिंसा प्रभावित महिलाहरुको उमेर समूह हेर्दा सबैभन्दा बढि १५ देखि ४९ वर्ष उमेरसमूहका महिला रहेका तथ्याङ्कले देखाएको छ । जस अनुसार १ देखि १४ बर्ष उमेर समूहका ९ जना, १५ देखि ४९ बर्ष उमेर समूहका ७९ जना, ५० देखि ६५ बर्ष उमेर समूहका ९ जना र ६५ देखि माथिका १ जना रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)ले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।

एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)मा सेवा लिन आउनेहरुमा ६० प्रतिशत भन्दा बढी प्रहरी कार्यालय मार्फत आउने गरेको, ३० प्रतिशत आफै आउने गरेको र १० प्रतिशत बिभिन्न गैर सरकारी संघ संस्था मार्फत आउने गरेको फोकल पर्सन श्रेष्ठले बताउनु भयो । हिंसा प्रभावित महिलाहरु मध्य केहिलाई प्रहरी कार्यालय, केहीलाई स्नेह केन्द्र र अधिकांशलाई घरमा नै पठाउने गरिएको फोकल पर्सन श्रेष्ठको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: