एनआरएनए हङकङको अध्यक्षमा टिका गुरुङ


प्रकाशित मिति :2017-07-25 14:48:11

हङकङ । गैरआवासीय नेपाली संघ एनआरएनए हङकङको आइतबार सम्पन्न छैठौँ अधिवेशनले हङकङ एनआरएनएको अध्यक्षमा टीका गुरुङ निर्विरोध चयन भएकी छिन् । अध्यक्ष पदका अर्का प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष निर्विरोध चुनिएकी हुन् ।

“म नेपाली समुदायको हितमा काम गर्नेछु ।”, निर्विरोध अध्यक्ष चुनिएपछि हङकङ एनआरएनए अध्यक्ष गुरुङले भनिन्, “नेपाली समुदायको समस्या हामी सबैको साझा समस्या हो । यसर्थ, हाम्रा समस्याहरु र हामी माथिका चुनौतीहरुलाई हामी सम्पूर्ण नेपाली समुदाय एकिकृत भई समाधान गर्नु पर्छ । त्यसको निम्ति म नेतृत्व गर्न तयार छु ।”

नेपालको म्याग्दी, माछापुच्छ्रेकी गुरुङले हङकङमा नेपाली समुदाय, विशेषगरी, महिला सशक्तिकरण र जागरणका निम्ति अतुलनीय योगदान पु¥याएकी छिन् । गुरूङलाई हङकङ सरकारले हङकङको स्वतन्त्रता दिवसको अवसरमा ‘चिफ एक्ज्युकेटिभ कमेन्डेशन फर कम्युनिटी अवार्ड’बाट सम्मानित समेत गरिसकेको छ ।

नेपाली महिला संघ, हङकङ, नमो बुद्ध आमा समूह, हङकङ लगयातका सामाजिक एवं धार्मिक संघसंस्थाहरुलाई नेतृत्व गरेकी गुरुङले हङकङ एनआरएनऐलाई सफलताको उचाईमा पु¥याउने विश्वास हङकङका नेपाली समुदायले गरेको छ ।

नवनिर्वाचित कार्यसमितिः
आइसिसि–मिनबहादुर गुरुङ
अध्यक्ष– टिका गुरुङ
उपाध्यक्ष–कर्मा गुरुङ र निरन्जन गुरुङ
महासचिव– किसन राई
सचिव– टिका राना
कोषाध्यक्ष– गोकर्ण प्रसाद ढकाल
महिला संयोजक– अनु राई
युवा संयोजक– प्रेम लामा
सदस्यहरुः सुरेन्द्र मान घले, विजय कुमार गुरुङ, वसन्तबहादुर श्रीनेत, ईन्द्र वनेम, भेषमणि श्रेष्ठ, विजय श्रेष्ठ, सिमा थापा, करम कुमार गुरुङ, किशोर कुमार गुरुङ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: