११ बर्षकी गर्भवती वालिकाको उद्धार


प्रकाशित मिति :2017-07-25 16:14:44

महिला खबर

सुनसरी । ११ बर्षकै उमेरमा गर्भवती भएपछि गाँउ निकाला गरिएकी भोजपुरकी एक वालिकालाई वाल मजदुर सरोकार केन्द्र सिविन नेपालको वाल हेल्प लाइन विराटनगर उद्धार गरेको छ ।

भोजपुरको पूर्वी अरुण गाउँपालिका–५ याकुकी ति वालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिदै तत्कालका लागि बाल हेल्प लाइनमा राखिएको जनाएको छ । भोजपुर याकुका दुर्गावहादुर श्रेष्ठबाट बलत्कृत भै गर्भवतीवनेकी वालिकालाई गाँउ समाजले श्रेष्ठलाई नै जिम्मा लगाएर गाँउ निकाला गरेको थियो । ती बालिका विच्चलीमा परेको खबर महिला खबरले प्रकासन गरेको थियो । महिला तथा वालवालिका कार्यालय भोजपुरको पहलमा ती वालिकालाई धरानवाट भोजपुर फर्काइएको थियो । भोजपुरमा सेफ हाउस नभएका कारण विराटनगर ल्याइएको वाल हेल्प लाइन विराटनगरका प्रमुख वासु अघिकारीले बताउनुभयो ।

डाक्टरको सल्लाह अनुसार उनको रेखदेख गरिने उहाँले बताउनुभयो । पीडित वालिकाले श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पीडकलाई धरानवाट पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाइएको छ । मुद्धाको वकपत्र नभएसम्मका लागि विराटनगर राखेर काठमाडौ सिविन वालहेल्प लाइन काठमाडौ पठाइने विराटनगर प्रमुख अधिकारीले वताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: