जलवायु परिवर्तनको जोखिममा गृह श्रमिक महिला


प्रकाशित मिति :2017-07-25 17:07:37

महिला खबर

काठमाडौं । जलवायु परिवर्तनले ल्याउने विपद्ले प्रत्यक्ष रुपमा बढी असर गृह श्रमिक महिलालाई पार्ने गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

साथी संस्थाले मंगलबार ललितपुरमा आयोजना गरेको जलवायु समानुकुलनका लागि स्थानीय पद्धतिः काठमाडौं शहरका गरिबलाई पर्ने चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले घरमा बसेर बालबच्चा हेर्ने, सरसफाई, खाना, पानीको व्यवस्थापन गर्ने महिलाले सबैभन्दा बढी जलवायु परिवर्तनको जोखिम मोल्नुपरिरहेको बताएका हुन् ।

साथीका अध्यक्ष उमा शाहले बाढी, भूकम्प जस्ता विपद्मा गृह श्रमिक महिलाहरु बढी जोखिममा पर्ने गरेको बताउनुहुन्छ । ‘धेरै विपन्न महिला जसले घरको काम सकाएर घरमै आर्यआर्जनका काम गरिरहेका हुन्छन् । उनीहरुले दैनिक जीवनगुजारा गर्ने कामदेखि विपद्का बेलामा पनि त्यही घरका कारण थप जोखिममा पर्ने र त्यसबाट मानविय र आर्थिक नोक्सानी व्यहोर्नुपरिरहेको छ’ अध्यक्ष शाहले भन्नुभयो ।

उहाँले नेपालका ग्रामिण भेगका महिलाहरुमा मात्र नभएर काठमाडौं तथा भक्तपुरका विपन्न महिलाहरुमा पनि योे समस्यामा रहेको बताउनुहुन्छ । ‘आर्थिक नोक्सानीलाई विपन्न गृहश्रमिक महिलाले व्यहोर्न सक्दैनन्, आर्यआर्जन गरेर घर चलाउने उनीहरुले विपद्का बेलामा थप मानसिक समस्या हुने गरेको छ ।’ शाहले भन्नुभयो ।

भक्क्तपुरको मनोहरा सुकुम्बासी बस्तीमा भुकम्प गएपछि साथीले गृहश्रमिक महिलाहरुलाई मैनबत्ती, तितौरा, धुपबत्ती तालिम दिएर आर्थिक रुपमा सक्षम हुन मद्दत गरेको समेत उहाँले बताउनुभयो ।

साथीका संस्थापक एवं महिला विरुद्ध हुने भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्र संघीय समिति (सिड) का सदस्य बन्दना राणाले घरमा काम गर्ने महिलाहरुलाई जलवायु परिवर्तन र यसको प्रभावबाट कसरी बच्ने बारे थाहा नभएको बताउनुभयो ।

राणाले सिडमा जलवायु परिर्वतनका बेलामा जोखिम न्युनिकरण गर्न महिलाको सहभागिता, जलवायु विपद् जस्ता कार्यक्रममा महिला सहभागिता, विपद्मा कसरी बच्ने उपाय, जलवायु परिर्वतनले महिलाको स्वास्थ्यमा कस्तो असर वा अवस्थाबारे उल्लेख रहेकोले राज्यले जलवायु परिवर्तनमा लैंिगक समानता अनुसार काम गरेको छ छैन भन्ने कुरा सीडले हर्ने गरेको उहाँले बताउनुभयो ।

उज्ज्वल मनोहरा गृह लक्षित महिला समूहकी अध्यक्ष भगवती गौतमले जलवायु परिवर्तनमा गृह श्रमिक महिला जोखिममा पर्ने गरेको बताउनुहुन्छ । ‘हामीहरुले घरको सम्पूर्ण काम गरेर बचेको समयमा घर चलाउन आयमुलक काम गर्ने गर्दछौ तर बाढी ढुबान भयो भने कसरी घरखर्च चलाउने, दिउँसोको समयमा पानी आउदैन राती जानुपर्ने हुन्छ, घण्टौ लाइनमा बसेर पानी थाप्नुपर्ने हुन्छ,पानी लिन जादा पनि हामी महिला उतिकै जोखिममा छौ’गौतमले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: