न त रहे श्रीमान न रहयो सहारा


प्रकाशित मिति :2017-07-26 11:41:03

-अप्रिल अधिकारी-

रामेछाप । गोकुलगंगा गाउँपालिकाको फर्पूृृमा स्थायी घर भएकी कृष्णमाया तामाङ यतिबेला बिरक्तिएकी छिन् । असार ३१ गते मध्यरातमा परेको अविरल बर्षासँगै खिम्ति खोलामा आएको बाढीले उनको श्रीमान् विमान तामाङ र छोरी मनिला तामाङ बाढीमा बेपत्ता भएका छन् । घटना भएको एक साता नाघिसकेको छ । उनीहरु फेला रेका छैनन् । उनले बेपत्ता श्रीमान र छोरी जीवित फर्कने आश पनि मारि सकेकी छन । लाश भेटिएला र काज किरिया गरौंला भन्दै पुर्पुरोमा हात लगाएर खिम्ति बजारको छाप्रोमा रहेको खाँबोमा आड लिएर बसि रहेकी छिन् ।

गाउँमा रहेको २ रोपनी जग्गाले खान पुग्ने अवस्था थिएन । गाउँमा रहँदा पनि सार्है दुःख गरियो । १ पाथी चामल समेत खिम्तिबाट बोकेर लगेर खानु पथ्र्यो । सुत्केरी हुँदा त आफु भोकै समेत बस्ने गरेको कृष्णमायाले सुनाइन् । विगतलाई सम्झदै भनिन् – बोकेरै खानुपर्ने भएपछि खिम्ति झराैँ उतै काम गरौँला उतै खाउँला भनेर १९ बर्ष पहिले यहाँ (खिम्तिमा) झरेका थियौ ।’ खिम्ति झरेर दुबैले बनिबुतो गरी कमाएर घर व्यहार धान्दै आएका थिए । छोराछोरीको पढाइ समेत धानेका थिए ।

विमान आम्दानीका लागि कहिले माछा मार्थे, त कहिले ज्यामीको काम । यसैबाट उनले परिवारको गुजारा चलाउदै आएका थिए । कृष्णमाया समेत बन्धकीमा लिएको अर्काको खेतमा तरकारी फलाएर विक्री गर्दै अलि अलि आम्दानी लिदै आएकी थिइन् । दुःखमा नै संघर्ष गरेर जेनतेन रमाएको यो परिवारको खुशी खिम्तिमा आएको बाढीले बगाएको छ । पानी बढेर आयो फर्काउछु भन्दै मध्ये रातमा उठेर हिँडेका श्रीमान् फर्केनन् । ‘सँधैका लागि नै हिडेका रहेछन्’ कृष्णमायाले रुदै भनिन् ।

कुलो फर्काएर घर पर्किदै गर्दा बाटोमा भंगालोले रोकेर घरमा आउन नसके पछि छोराको मोवाइलमा फोन गरेर बिरामी आमालाई बच्चा बोकेर लैजा भाइबहिनी सबैलाई भगा खोला आइसक्यो भनेर विमानले टेलिफोन गरेका थिए । आफु भने खोलाको भंगालोबाट बच्न सकेनन् । बाढीमा बेपत्तामा भए ।

कृष्णमायाले भनिन् – दुःख नै गरेर बाँचेका थियौं । अव त दुःख गर्ने सहारा पनि भगवानले खोसे ।’ खिम्तिमा उनीहरुले बनाएर बस्दै आएको छाप्रो समेत सार्वजनिक जग्गामा छ । भन्छिन् – कतिखेर जा भन्छन् । हिँड्नु पर्छ ।’ बाढी पहिरो लगेको न त श्रीमान र छोरी नै भेटिए । न त उनीहरुले राहत पाएका छन् ।

राहतमा समेत उनीहरु हेलामा परेका छन् । आफुहरुले राहतमा ४ बोरा चामल नुन तेल लगायतको सामग्री सहित रामेछाप क्षेत्र नं १ का सांसद आङटावा शेर्पाले सबै मृतक र बेपत्तालाई बाँडेको ७(७ हजार गरी १४ हजार रुपैयाँ मात्रै पाएको छोरा विकास तमाङले बताए ।
बाढी पहिरो लगतै लिखु गाउँपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउने २ परिवारलाई २५ हजार, घर बाढीले क्षति गरेका ११ घरलाई ६५ हजारका दरले र बस्ती जोखिम भएर सार्नु पर्ने ८ घरपरिवारलाई ५० हजारका दरले दिने बैठकमा निर्णय गरी प्रदान गरि सकेको छ । कृष्णमाया तमाङले भने अर्को गाउपालिकाको भन्दै रकम पाइनन् ।

उनको आफ्नो गोकुलगंगा गाउँपालिकाबाट भने राहत नआएको र पाउने आश्वासन समेत कतैबाट नआएको उनले बताइन् । रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले पीडितको सम्बन्धित गाउँपालिकामा बुझेर मात्रै राहतबारे भन्न सक्ने बताए ।

खिम्ति बाढी पहिरोमा परि २ जनाले ज्यान गुमाएका थिए भने ३ अझै बेपता रहेका छन । मृत्यु हुनेमामा खिम्तिका बाल कुमारी खत्री, गेलुका बासुदेव कार्की रहेका छन् । ४० वर्षका विमान तामाङ र उनीकी ११ वर्षकी छोरी मनिला तमाङ, र ५५ बर्षिया सुमन कुमारी खत्री बेपत्ता छन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: