जंगली जनावरका कारण ज्यान गुमाउने महिला बढी


प्रकाशित मिति :2017-07-26 12:18:26

महिला खबर

कसरा । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुले आक्रमण गर्दा ज्यान गुमाउनेमा महिला धेरै छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएको आर्थिक वर्ष ०७३÷७४ मा वन्यजन्तुले आक्रमण गर्दा १३ जनाको निधन भएको छ । जसमा महिलाको संख्या सात रहेको छ ।

आर्थिक वर्षको सुरु मै चितवन माडी, ८ की ७५ वर्षीया जलवी पावेलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटना स्थलमै निधन भयो । त्यसयता घरमा बसेका र जंगल घाँस दाउरा काट्न गएका महिलाहरु जनावरको आक्रमणमा परेका छन् । नवलपरासी कावासोती, १५ कि ७२ वर्षीया बुटीकुमारी महतोलाई गैंडाले घरमै आक्रमण गरेर ज्यान लियो ।

सोही ठाउँकी चार वर्षीया स्वेता महतोलाई पनि गैंडाले घरमै आक्रमण गरेको थियो । चितवन रत्ननगर कि ३५ वर्षीया लक्ष्मी श्रेष्ठको सामुदायिक वनमा घाँस काट्न गएका बेलामा गैंडाले आक्रमण गर्दा मृत्यु भएको थियो । कावासोती ७ की ४७ वर्षीया कुमारीदेवि महतोलाई सामुदायिक वनको सिमाना भएर जाने बाटोमा गैंडाले आक्रमण गरेको थियो । उनको पनि घटना स्थलमै ज्यान गयो ।

चितवन भरतपुर–२८ की ५० वर्षीया सुकमाया कुमाललाई घाँस दाउरा गर्न सामुदायिक वनमा गएका समयमा गैंडाले नै हानेर ज्यान लिएको थियो । नवलपरासी कै मध्यविन्दु–२ की ७१ वर्षीया मंगली बोटेलाई जंगली हात्तीले उनकै घरमा आक्रमण गरेर मारेको थियो । मृतक महिलामध्ये ५० वर्ष कटेका चारजना छन् । तीनजना महिला ७० वर्षभन्दा माथिका छन् । महिलाहरु घरेलु कामसँगै घाँसदाउरा गर्न जंगल जानुपर्ने भएकाले पनि  बढी जोखिममा परेको हो ।

निकुञ्जले चितवन सहित, नवलपरासी, पर्सा र मकवानपुर जिल्लाका वस्तीहरुलाई छोएको छ । चितवनका छजना, नवलपरासीका छजना र पर्सा जिल्लाका एकजना गरे गएको आर्थिक वर्ष ०७३÷७४ मा १३ जनाको ज्यान गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्ष ०७२÷७३ मा पाँच जनाले मात्र ज्यान गुमाएका थिए । यो बर्ष अवस्था चिन्ताजनक रहेको अधिकारीहरुले बताए । निकुञ्ज आसपासमा वन्यजन्तुले आक्रमण गर्दा सवैभन्दा कम आर्थिक वर्ष ०५७÷५८ मा दुई जनाको मात्र ज्यान गएको तथ्याङ्क चितवन निकुञ्जले जनाएको छ ।

‘कम हुँदै गएको मानव मृत्यु यो वर्ष ह्वात्तै बढ्यो यो चिन्ताको विषय हो । यसका कारणहरु खोज्न आवश्यक छ’ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले भने । चितवन निकुञ्जभित्र पछिल्लो समय जंगली जनावरहरुको संख्या बढेको छ । बाघ गैंडाका साथै जंगली हात्ती पनि बढेको देखिएको अधिकारीहरु बताउँछन् ।

निकुञ्जका वन्यजन्तु मध्यवर्ती क्षेत्र अर्थात निकुञ्ज आडको मानव वस्ती र जंगलमा गएर मान्छे मारेमा सरकारले क्षतिपुर्ती दिने व्यवस्था छ । अघिल्लो आर्थिक वर्षसम्म मान्छेको मृत्यु भएमा मृतकका आफन्तले पाँच लाख रुपैयाँ राहत रकम पाउँथे । यो रकम बढेर १० लाख रुपैयाँ भएको छ । घाइतेले पनि उपचार खर्च पाउँछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: