-महिला खबर-
कपिलवस्तु । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत ३ महिने सिपमुलक तालिमको मंगलवार तौलिहवामा समापन भएको छ । सिपमूलक तालिम अन्र्तगत संचालन भएको ब्युटिसियन र सिलाई कटाई तालिममा ३५ जना महिलाहरु सहभागी भएका थिए । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौंपानेले सिपलाई व्यवहारमा उतारेर व्यवसायी बन्न आग्रह गर्नुभयो ।
३० जिल्लामा संचालन हुने राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तु जिल्लाबाट शुरु गरिएको हो । यो सुखद पक्ष रहेको भन्दै न्यौपानेले जिल्लाका महिलाहरुले अवसर पाएको बताउनुभयो । कार्यक्रममा महिला तथा वालवालिका कार्यालयका प्रमुख कमला पौडेलले सरकारले दिएको सिप सिकेर स्वरोजगार बन्न सके महिलाहरु घरेलु हिंसा कम हुने बताउनुभयो ।
कार्यक्रममा उद्योग विकास शाखा कपिलवस्तुका प्रमुख मनोज कुमार सैनी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले सिपमुलक तालिमले महिलाहरु आफ्नो खुट्टामा उभिने अवसर प्रदान भएको भन्दै यस अवसरलाई अक्षरस व्यवहारमा उर्तान सकेमा मात्र राज्यको उद्देश्य पुरा हुने बताउनुभयो ।
कार्यक्रममा लैंगिक हिंसा न्युनिकरणमा अधिकारको क्षेत्र बाट उलेखनिय भुमिका खेलेको भन्दै अधिकारकर्मी एवं दियालो नेपालका संस्थापक सदस्य मिना परियारलाई सम्मान पत्र सहित रु २० हजारको राशीले सम्मान गरिएको थियो । त्यस्तै हिंसा सहदै समाजमा शाहसका साथ व्यवसाय चलाएर अरुका लागि उदाहरणीय बनेकि दुर्गा ढकाललाई सम्मान पत्र सहित १७ हजार रुपैया राशीले सम्मान गरिएको थियो । सम्मान पछि दुवै जनाले आफुहरुले जिवनमा भोगेका कठिनाई र संघर्षका बारेमा स्मरण गराउँदै सम्मानले थप जिम्मेवारी थपिएको महशुस भएको बताउनुभएको थियो । कार्यक्रममा प्रशिक्षक गुड्डी गुप्ता, सहभागीहरु टोपा बिक, लिला परियारले तालिम उपलब्धी मुलक बनेको भन्दै थप तालिम दिनुपर्नेमा जोड दिनुभयो ।
Comment Here!