प्रहरीको सक्रियतामा बालविवाह रोकियो


प्रकाशित मिति :2017-07-26 14:39:18

महिला खबर

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले भीमेश्वर नगरपालीका, ९ लाकुरीडाँडामा हुन लागेको बालविवाह रोकेको छ ।

मंगलबार भीमेश्वरका १९ बर्षिय पारस थामीले १३ बर्षिय बालिकालाई भगाएर लगेको अबस्थामा गाउँ भन्दा २ घण्टा परको जंगलको ओढारबाट खरीढुङ्गा प्रहरी चौकीको प्रहरी टोलिले पक्राउ गरेको हो ।

बालविवाह गर्ने पारस थामीलाई म्याद थप गरी आवश्यक कार्वाहि गरिने र बालिकालाई परिवारको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो ।
यस अघि बैतेश्वर गाउँपालिका ६ को २२ बर्षिय समुन खड्काले १५ बर्षिया बालिकालाई बिबाह गर्न मानसिक दबाब दिएपछि जबरजस्ति बालबिबाह भएको र प्रहरीले उक्त बालविवाह रोक्न समेत सफल भएको प्रनाउ कार्कीले बताउनु भयो ।

बालविवाह सामाजिक अपराध भएकोले त्यसलाई रोक्न प्रहरीले कडाईका साथ अभियान सुरु गरेको कार्कीको भनाई छ । दोलखामा सामाजिक संस्कार तथा चेतनाको अभावका कारण बालविवाहका घटना हुने गरेको उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: